केन्द्रीय संस्करण

इतिहासमा आज – अखिल भारतीय कंग्रेसद्वारा देश विभाजनको प्रस्ताव पारित

person explore access_timeअसार १, २०७७ chat_bubble_outline0
https://openthemagazine.com

आज १५ जुन । सन् १९४७ मा नयाँ दिल्लीमा भएको अखिल भारतीय कंग्रेसको अधिवेशनले बेलायतको भारत विभाजनको योजनालाई स्वीकार ग¥यो । यससँगै बेलायतबाट स्वतन्त्रता प्राप्तिसँगै भारत र पाकिस्तान नामका दुई देश अस्तित्वमा रहने तय भयो र विभाजन प्रक्रिया अघि बढ्यो ।

त्यसपछि ‘भारत स्वतन्त्र ऐन १९४७’  बेलायतको संसदबाट पारित भयो । १८ जुलाईमा यसले आधिकारीकता पायो । यो केवल दुई देशको मात्रै होइन लाखौँ घर–परिवार, सम्बन्ध र भावनाको विभाजन थियो । विभाजनपछि लाखौँ मानिस घरबारविहीन भए । हिन्दू– मुस्लिम धार्मिक हिंसाका कारण आगो सकिल्यो । लाखौँ मानिस पाकिस्तानबाट भारत र लाखौँ मानिस भारतबाट पाकिस्तानमा सरे ।

१४ अगस्ट १९४७ मा पाकिस्तान र १५ अगस्त १९४७ मा भारतले स्वतन्त्रता घोषणा गर्दै अलग–अलग देश निर्माण गरे । यसको २४ वर्षपछि २६ मार्च १९७१ मा पाकिस्तानबाट पूर्वी पाकिस्तान अलग भयो र बंगलादेश बन्यो ।

अन्य घटनाक्रम –

सन् १८९६– जापानमा विनाशकारी भूकम्प र त्यसपछि आएको सुनामीका कारण २२ हजार मानिसको मृत्यु ।

सन् १९८२– फकल्यान्डमा अर्जेन्टिनी सेना ब्रिटिस सेनासँग पराजित ।

सन् २००६– भारत र चीनबीच प्राचिन सिल्क रुट खोल्ने निर्णय ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.