केन्द्रीय संस्करण

क्वारेन्टिनमा एक महिलामाथि सामूहिक बलात्कार

person explore access_timeजेठ ३२, २०७७ chat_bubble_outline1

कैलाली । कैलालीको लम्कीमा क्वारेन्टिनमा बस्दै आएकी एक महिला बलात्कारको शिकार भएकी छिन् ।  भारतबाट गत जेठ २० गते आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला शनिबार राति बलात्कृत भएकी हुन् । 

स्थानीय सहिद स्मृति विद्यालयको क्वारेन्टिनमा २० गतेदेखि नै बस्नै आएकी उनलाई त्यही स्वयम्सेवकको रुपमा कार्यरत तीन युवाले मध्यरातमा सामूहिक बलात्कार गरेको पीडितले बताएकी छिन् ।  आफूमाथि बलात्कार भएको भन्दै उनले इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी किटानी जाहेरीसहित उजुरी दिएकी छिन् । उनको उजुरीको आधारमा प्रहरीले ३ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र सज्जन बिकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।  उनीहरु त्यहाँ कार्यरत स्वयम्सेवक भएको बुझिएको छ । अभियुक्तहरुले मध्यराति महिलालाई जबरजस्ती सुतेको स्थानबाट बाहिर बोलाएर सामूहिक बलात्कार गरेको प्रहरीलाई बताएकी छिन् । 

पीडित महिला भारतको बैंग्लोरबाट कैलाली आएपछि क्वारेन्टिनमा बस्दै आएकी थिइन् भने घटना भएको राति उनी विद्यालयको एउटा कोठामा एक्लै रहेकी थिइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. June 15, 2020, 2:26 p.m. Ramu
    hijo asti jatiyata ka kura garney dollor wala haru aja kata gaya
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.