शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८७ हजार, मृत्यु १ हजार १७१

आइतबार, ३२ जेठ २०७७, २२ : ३३
आइतबार, ३२ जेठ २०७७

एजेन्सी । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार ८७ हजार पुगेको त्यहाँको स्वास्थय मन्त्रालयले पुष्टि गरेको छ । बङ्गलादेशमा दैनिक तीन हजारभन्दा बढीको दरले सङ्क्रमण फैलिएको मन्त्रालयका उच्च अधिकारी नसिमा सुल्तनाले बताए ।

उनका अनुसार विगत २४ घण्टामा तीन हजार १४१ जना सङ्क्रमित भएका छन् । सुल्तनाले पत्रकार सम्मेलनमा भने– ‘अहिलेसम्म बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ८७ हजार ५२० पुगेको छ भने एक हजार १७१ रहेको छ । विगत २४ घण्टामा २७ पुरूष र पाँच महिला गरी ३२ सङ्क्रमितको मृत्यु भएको छ ।’

बङ्गलादेश विगत २४ घण्टाको अवधिमा १४ हजार ५०५ जनाको कोभिड–१९ परीक्षण भएको थियो । यो समयमा ९०३ जना निको भै अस्पताल र क्लिनिकबाट घर फर्किएका छन् । योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १८ हजार ७३० पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप