शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दलितमाथि भएको श्रृङ्खलाबद्ध हत्याविरुद्ध सिरहामा प्रदर्शन

आइतबार, ३२ जेठ २०७७, २० : १५
आइतबार, ३२ जेठ २०७७

सिरहा । रुकुम लगायत देशका विभिन्न ठाउँमा भएको दलितहरुको हत्यारालाई कारबाहीको माग गर्दै सिरहामा प्रदर्शन भएको छ । रुकममा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विश्वकर्मा सामूहिक हत्या र धनुषामा प्रहरी हिरासतमै भएको शम्भु सदाका हत्यारालाई कार्वाही माँग गर्दै दलित संघर्ष समिति सिरहाले गोलबजारमा आज अपरान्ह विरोध प्रर्दशन भएको हो । 

प्रदर्शनपछि भएको कोणसभामा दलित अगुवा दिल्ले मिझारले लकडाउनकै अवधिमा दलितहरुमाथि देशभरी श्रृङ्खलावद्ध हत्याभएको घटनामा सरकार उदासीन भएको भन्दै सरकारले हत्यामा संलग्नहरुलाई तत्काल कार्वाहीको माग गरे । 

उनले नवराज विकसहित ६ जना, धनुषाका शम्भु सदा र देशका अन्य ठाउँमा गरी यो अवधिमा ८ जना दलितहरुको हत्या भएको बताए । हत्या भएका सवैलाई शहिद घोषणाको माग गरे  । सोही क्रममा डा. दिलिम कुमार सदायले दलिहरुमाथि दिनानु दिन बढिरहेको घटनाले दलितहरुलाई आक्रोशित बनाएको बताए । हत्यामा संलग्न भएकाहरुलाई तुरुन्त कार्वाही नगरे दलितहरु चुप लागेर बस्न नसक्ने सदाले बताए ।

उनले भने, ‘हत्या भईरहने र दलितहरु अव चुप चाप टुलु टुलुहेरेर बस्न सक्दैनौं, हामी कडा आन्दोलनमा उत्रन बाध्यय हुनेछौं ।’ दलित अगुवा उमेश बरालको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । गत जेष्ठ १० गते रुकुममा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । त्यसैगरी, ४ दिन अघि धनुषाको सवैलामा शम्भु सदा प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप