बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोली हानेर आफ्नै साथीको हत्या गर्ने सुटर पक्राउ

आइतबार, ३२ जेठ २०७७, १७ : ५८
आइतबार, ३२ जेठ २०७७

जनकपुर । गत जेठ २७ मा धनुषाको सबैला नगरपालिकामा अरुण मण्डलको हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय श्रवण मण्डल रहेका छन् । 

प्रदेश नम्बर २ प्रहरी कार्यालयबाट खटिएको एक टोलीले गोली हानेर हत्या गरेको आरोपमा महोत्तरीको जलेश्वर नगरपालिका – ३ बस्ने श्रवण मण्डललाई पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरि भएको सामान्य विवादमा श्रवणले धनुषाको सबैला नगरपालिका – ७ बस्ने अरुणलाई गोली प्रहार गरी हत्या गरेको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले बताए । 

डीआईजी सिंहका अनुसार अरुणको घरभन्दा २ सय मिटर पर रहेको एक पोखरीको किनारमा घटना भएको थियो । सुटर श्रवण र अरुण साथी समेत हुन् । 

घटनामा अन्य ४ जना पनि संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको बताउँदै डीआईजी सिंहले भने, ‘उनीहरुको खोजीको कार्य भैरहेको छ ।’ 

श्रवण, अरुणसहितका युवाहरु घर नजिकैको पोखरीमा गाँजा पिउन बाहिरिएका बेला एकआपसमा सामान्य विवाद भएको थियो । प्रहरीका अनुसार त्यही विवादका क्रममा श्रवणले अरुणमाथि गोली प्रहार गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप