सामाजिक सञ्जालको अन्तिम पोष्टमा आमालाई सम्झिदै सुशान्तले लेखेका थिए – जीवन क्षणभंगुर हो
![सामाजिक सञ्जालको अन्तिम पोष्टमा आमालाई सम्झिदै सुशान्तले लेखेका थिए – जीवन क्षणभंगुर हो](https://rpcdn.ratopati.com/media/albums/909375-sushant-singh-rajput_qcDj9V72EE.jpg)
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आइतबार मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका छन् । ३४ वर्षीय अभिनेताले किन आत्महत्या गरे भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन ।
गत ८ जुनमा उनको म्यानेजर दिशा सलियानले पनि एउटा भवनबाट हामफालेर आत्महत्या गरेकी थिइन् ।
घरका कामदारले प्रहरीलाई बताएअनुसार उनी हिजोदेखि निकै तनावमा थिए । ती कामदारका अनुसार बिहान ढिलोसम्म ढोका नखोलेपछि अर्को चाबीले मेन गेट खोलेर भित्र प्रवेश गरेका थिए । भित्र उनको शव पंखामा झुण्डिरहेको अवस्थामा उनले फेला पारेका थिए ।
सुशान्तले आफ्नो अन्तिम सोशल मिडिया पोष्टमा आफ्ना आमालाई सम्झिदै जीवनलाई क्षणभंगुर (क्षणिक, केही बेरमा नाश हुने) बताएका थिए । उनले लेखेका थिए, धमिलो अतित आँशुका रुपमा वाफ बनेर उडिरहेको छ ।
सुशान्तको आमाको मृत्यु सन् २००२ मा भएको थियो र सन् २०१६ को जनवरीमा दिएको एक अन्तरवार्तामा उनले आफ्नो आमाको मृत्युलाई जीवनको सबैभन्दा दुःखद क्षण भएको बताएका थिए । ‘यो भयानक अनुभव थियो । यसले अहिले पनि मलाई डराउँछ । परिवारको कुनै पनि सदस्यको मृत्युलाई पहिलो पटक सामना गरेको थिएँ । जब यस्तो घटना हुन्छ तपाईंलाई हरेक चिज क्षणिक भएको पत्ता लाग्छ । यस घटनाले मेरो भित्र केही बदलाव गर्यो । म आज त्यो व्यक्ति रहिनँ, जुन म उनी जानभन्दा अघि थिएँ ।’
सुशान्तले आफ्नो बलिउड करियरमा १२ वटा चलचित्रमा काम गरेका थिए । जसमा काय पो चे, शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिव ब्योमकेश बख्शी, एमएस धोनीः अनटोल्ड स्टोरी, राब्ता, केदारनाथ, लगायत चलचित्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्टोनमेन्टमा माओवादीले घोटाला गरेको छ : सांसद रिजाल
-
अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भयो : जनार्दन शर्मा
-
नन्दकिशोरका कारण विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कने बाटो खुला
-
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
-
विवादास्पद अभिव्यक्तिका कारण ‘इन्डियाज गट् लेटेन्ट’को एपिसोड युट्युबमा ब्लक
-
नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो