३५ वर्ष पुगिन् नम्रता
![३५ वर्ष पुगिन् नम्रता](https://rpcdn.ratopati.com/media/albums/namarata_shrestha_K0Ete1qBHz.jpg)
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ ३५ वर्ष पुगेकी छन् । उनले आज आइतबार आफ्नो ३५औ जन्मदिन परिवारसँग मनाउने भएकी छन् । नेपाली फिल्म क्षेत्रकी हट एण्ड ब्युटि अभिनेत्री श्रेष्ठलाई सहकर्मी, अग्रज, फ्यानलगायतले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना ब्यक्त गरिरहेका छन् ।
‘सानो संसार’ फिल्मबाट अभिनय करिअर सुरु गरेकी नम्रता पछिल्लो समय नायिका निर्माताको रुपमा समेत चिनिएकी छन् । ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ लगायत फिल्ममा अभिनय गरेकी नम्रता लभस्टोरी फिल्ममा भने राम्रोसँग जम्ने गरेकी छन् । उनले निर्माण गरेको फिल्म ‘सोल सिस्टर’ र ‘जाइरा’ हो । तर यी दुबै फिल्मले उनलाई ब्यावसायिक लाभ भने दिन सकेन ।
मोडलिङबाट करियर सुरु गरेपछि थिएटर हुँदै फिल्म अभिनयमा प्रवेश गरेकी नम्रता बेलाबेलामा प्रेम प्रसंगका कारण पनि चर्चामा रहने गर्दछिन् । उनी पछिल्लो समय दावा स्टिभन शेर्पासँगको प्रेममा रहेको चर्चा फिल्म क्षेत्रमा चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमान गरिएभन्दा छिटै सुनिता र बुचलाई पृथ्वीमा फर्काउँदैछ नासा
-
स्कटल्यान्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने
-
गुगल म्यापमा आउन थाल्यो ‘गल्फ अफ अमेरिका’
-
यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल
-
प्रभावित क्षेत्रमा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले गर्यो १७ करोड खर्च
-
रवि लामिछाने कहिले फर्किन्छन् पार्टी जिम्मेवारीमा ?