मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा फ्लोयडपछि दोस्रो अश्वेतको प्रहरी कारवाहीमा मृत्यु, सडकमा उत्रिए प्रदर्शनकारी

आइतबार, ३२ जेठ २०७७, ११ : ३८
आइतबार, ३२ जेठ २०७७

अमेरिकाको अटलान्टामा प्रहरी कारवाहीमा अर्का एक अश्वेतको हत्या भएको सार्वजनिक भएको छ । अटलान्टाको जर्जियामा गिरफ्तारीको क्रममा २७ वर्षका रेशर्ड ब्रुक्सलाई प्रहरी अधिकारीले गोली हानी हत्या गरे । पछि उनको अस्पतालमा मृत्यु भयो । घटनापछि अटलान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । घटनाको विषयमा सयौं प्रदर्शकारी सडकमा उत्रिएका छन् ।

जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशनका अनुसार घटना १२ जूनको हो । रेशर्ड ब्रुक्स पार्किङमा कारभित्र सुतिरहेका थिए । प्रहरी अधिकारीलाई उनी नशामा भएको भान भन्यो । सोधपुछको क्रममा उनको प्रहरीसँग झडप भयो । ब्रुक्स एक अधिकारीको टेजर (सानो बन्दुक) खोसेर भागे । अर्का अधिकारीले उनको पिछा गरे । ब्रुक्सले पछाडि फर्किएर अधिकारीमाथि बन्दुक तेर्साए । त्यति नै बेला अधिकारीले उनीमाथि गोली चलाए । अटलान्टाकी मेयर किशा लान्स बटम्सले घटनाका कारण प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएका छन् ।

२५ मे मा फ्लोयडको मृत्यु भएको थियोः

मिनेपोलिसमा २५ मे मा जर्ज फ्लोयड (४० ) को प्रहरीले धोका दिएको आरोप पक्राउ गरेका थिए । एक प्रहरी अधिकारीले उनलाई सडकको बीचमा आफ्नो घुँडाले उनको घाँटीमा करिब ९ मिनेटसम्म थिचिरहे । त्यसको केही बेरमा उनको चहलपहल बन्द भयो । उनलाई अस्पताल पुर्याइयो । डाक्टरले त्यहाँ उनको मृत्यु भइसकेको बताए । फ्लोयडको हातमा हत्कड थियो । उनले प्रहरीलाई यसो नगर्न गुहार लगाए तर प्रहरीले उनको गर्धनबाट घुँडा हटाएनन् ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप