१० लाख डलर पाए के गर्नुहुन्छ ? ऐश्वर्याले दिइन् यस्तो जवाफ
बलिउड नायिका ऐश्वर्या रायलाई धेरैले ‘ब्यस्टी विथ ब्रेन’ भन्छन् । कतिपय अवस्थामा त उनले यो कुरा पुष्टिसमेत गरिसकेकी छिन् । सन् १९९४ मा उनले विश्व सुन्दरीको ताज जितेकी थिइन् । उक्त ताज हासिल गरेलगत्तै उनलाई १० लाख डलर पाएको खण्डमा के गर्नुहुन्छ भनेर सोध्दा उनले निकै समझदारीपूर्ण जवाफ दिएकी थिइन् ।
‘यति छिटो दिन सक्दिनँ जवाफ’
एक समाचार एजेन्सीलाई दिएको जवाफमा ऐश्वर्याले आफूले यो प्रश्नको जवाफ केही सेकेन्डमा दिन नसक्ने बताएकी थिइन् । यसका लागि उनले निकै ध्यान दिएर सोच्नुपर्ने बताएकी थिइन् ।
‘व्यवहारिक प्रयोग’
ऐश्वर्याले पैसा अत्यधिक धेरै भएकाले यसलाई हल्का रुपमा नलिने बताउँदै उक्त पैसाको व्यवहारिक प्रयोग गर्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘यो खर्च गर्नका लागि सोच्नुपर्नेछ ।’
‘सार्थक कुरामा खर्च गर्नेछु’
आफूले यस्तो मिस वर्ल्डको टाइटल जितेका कारण नभनेको पनि स्पष्ट पारिन् । उनले भनेकी थिइन्, ‘यो रकम म यस्तो कुराका लागि खर्च गर्ने जुन साँच्चै नै सार्थक होस् र खुसीसमेत देओस् ।’
संसारमा पैसाको महत्व अत्यधिकः
ऐश्वर्याले भनेकी थिइन्, ‘पैसाले खुसी त किन्न सकिँदैन तर म अरुलाई मद्दत गरेर खुसी हुनसक्छु । यो संसारमा पैसाको निकै ठूलो भूमिका छ ।’
मणि रत्नमको फिल्लमा देखिनेछिन्ः
लकडाउनको क्रममा ऐश्वर्या आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । कामको कुरा गर्ने हो भने ऐश्वर्या मणि रत्नमको नयाँ फिल्ममा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
-
जलवायु परिवर्तनबाट हिमाल जोगाउनका लागि कतारलाई राष्ट्रपतिको आग्रह
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके
-
राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल