रामग्राम नगरपालिकाले बिना धितो १० लाख रुपैयाँ कर्जा दिने

परासी । रामग्राम नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन बिना धितो १० लाख रुपैयाँ कर्जा दिने योजना ल्याउन लागेको छ । नगरपालिकाले साउन १ गतेदेखि लागु हुने गरि यसको कार्यविधि र मापदण्ड तयार गरि नगरसभाबाट पारित गराउने तयारीमा जुटेको छ । युवा तथा महिला उद्यमीहरुलाई स्वरोजगार बनाउन र आयआर्जन क्षेत्रमा प्रोत्साहन गर्न यो नयाँ योजना ल्याउन लागिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
नगरपालिकाले विदेशबाट फर्केर आउने युवा र स्थानिय युवा तथा महिला उद्यमीहरुलाई स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम अन्तर्गत यो योजना ल्याउन थालेको छ । कृषि, लघु उद्यम, व्यवसाय र स्वरोजगार हुने हरेक प्रकारको व्यवसाय क्षेत्रमा काम गर्ने खोज्ने युवाहरुलाई नगरपालिकाले बैङ्कमा ग्यारेन्टी बसी ५ प्रतिशतसम्मको न्युन ब्याजदरमा कर्जा उपलब्ध गराउने नगर प्रमुख गुप्ताले बताए ।
उनका अनुसार यो ऋण लिएर काम गर्न खोज्ने युवाले साउन १ गतेदेखि नगरपालिकामा आएर फर्म भर्ने र आवश्यक कागजात सहित प्रक्रिया पु¥याएपछि नगरपालिकाले बंैकमा ग्यारेन्टी बसी युवाहरुको माग अनुसार कम्तिमा ३ लाख बढीमा १० लाखसम्म कर्जा उपलब्ध गराउने प्रमुख गुप्ताले जानकारी दिए ।
कृषि, व्यवसाय, लघु उद्यम क्षेत्रमा काम गर्न खोज्ने युवाहरुले उक्त ऋण लिएर काम गर्न थालेपछि नगरपालिकाले उक्त कामहरुको अनुगमन गर्ने र आवश्यक सहयोग पनि गर्ने छ भने बैङ्कबाट ऋण पाउने युवाले नियमित ब्याज तिर्ने र आफूलाई सहज हुने गरि ऋणपनि किस्तामा तिर्दै जानु पर्नेछ ।
कोरोना माहामारीका कारण देश र जनताहरुको अर्थतन्त्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा प्रभाव र कोभिड–१९ लाई केन्द्रित गरि योजना कार्यक्रम ल्याउन लागिएको छ । यो कार्यक्रम आर्थिक बर्ष २०७७÷०७८ साउन १ गतेदेखि लागु हुनेछ । युवाहरुलाई स्वरोजगार बनाउन र आर्थिक रुपमा बलियो बनाउने यस योजनाले यहाँका युवा तथा महिला उद्यमीहरु निकै लाभान्वित हुने नगर प्रमुख गुप्ताको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाशिवरात्रिमा भगवान् पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ’
-
तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
-
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
-
सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण