म्युटेसनले कोरोनाभाइरसलाई थप संक्रामक बनाएको अमेरिकी अध्ययनको दाबी
फ्लोरिडाका अनुसन्धानकर्ताले म्युटेसनका कारण कोरोनाभाइरस अझै संक्रामक बनेको दाबी गरेका छन् । सो म्युटेसनका कारण कोरोनाभाइरसले मानिसको कोषिकालाई अझै सजिलोसँग संक्रमण गर्ने उनीहरुको भनाइ छ ।
यसले कोरोनाभाइरसको महामारीको फैलावटमा बदलाव ल्यायो कि ल्याएन भन्ने कुराको भने अझै अध्ययन गर्न जरुरी रहेको शोधकर्ताले बताएका छन् । तर, एक शोधकर्ताले भने अमेरिका र ल्याटिन अमेरिकामा धेरै संक्रमण देखिनुको कारण यो म्युटेसन नै हुन सक्ने आशंका व्यक्त गरेका छन् । वैज्ञानिकहरु कोरोनाभाइरसको म्युटेसनको बारेमा लामो समयदेखि चिन्तित रहेका छन् ।
फ्लोरिडास्थित स्क्रीप्स रिसर्च इन्सिटिट्युटका अध्ययनकर्ताहरुका अनुसार म्युटेसनले भाइरसको स्पाइक प्रोटिनमा असर पुगेको छ । भाइरसको बाहिरी भागमा रहने यो स्पाइक प्रोटिनको मद्दतले भाइरस मानिसको कोषिकामा प्रवेश गर्छ । यदि यो खोज पुष्टि भयो भने महामारीका दौरान भाइरसमा म्युटेसन भएको भन्ने पहिलो प्रमाण हुनेछ ।
‘सामान्य भाइरसको तुलनामा म्युटेसन भएको भाइरस थप संक्रामक देखिएको छ,’ इन्सिटिट्युटका भाइरोलोजिस्ट हायरयुन चोले एक वक्तव्यमा भनेका छन् ।
तर, अघिल्लो हप्ता मात्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भाइरसमा हालसम्म देखिएको म्युटेसनले भ्याक्सिनको निर्माणमा कुनै असर नगर्ने बताएको थियो । डब्लुएचओका अनुसार म्युटेसनले भाइरसलाई थप संक्रमाक वा संक्रमितलाई थप बिरामी बनाउने बनाएको छैन ।
तर, फ्लोरिडामा गरिएको अनुसन्धानमा भने डी६१४जी नाम दिइएको म्युटेसनले भाइरसमा स्पाइकको संख्या थपेको र यसलाई अझ बढी स्थिर बनाएको उल्लेख गरिएको छ । यसले भाइरसलाई मानिसको कोषिका प्रवेश गर्न थप सजिलो जिकिर गरिएको छ ।
स्रोत : सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न