भीडभाडमा असावधानी आत्मघाती

काठमाडौं – कोरोना संक्रमणको जोखिम उच्च रहेकाले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाती हुने चेतावनी विज्ञले दिएका छन् ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञको भनाइ छ ।
स्वस्फूर्त र स्वतन्त्र रुपमा प्रदर्शन भइरहेका सभा, समारोह एवं प्रदर्शनीले जोखिम बढाएको संक्रामक रोग विशेषज्ञ (आईसीयू) विशेषज्ञ डा. अर्जुन कार्की भन्छन्, ‘भौतिक दूरी कायम पनि नगर्ने र मुखमा मास्क पनि नलगाउने हो भने कोरोना संक्रमण जोखिम बढ्छ ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई जनाबीच कम्तीमा पनि एक मिटरको दूरी कायम गर्नुपर्ने सुझाव दिएको छ । मुलुकमा अहिले दिनहुँ तीन सयको हाराहारीमा कोरोना संक्रमित फेला परेको स्वास्थ विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता