कोरोना संक्रमण नभएका मानिसमा पनि कोभिड–१९ सँग लड्ने प्रतिरोधी क्षमता रहेको फेला पर्यो !
कोभिड–१९ का विरुद्ध खोप बनाउने दौड जारी छ, विभिन्न चरणमा त्यसको परीक्षण भइरहेछ । तर अहिलेसम्म खोप बनिसकेको भने छैन । यो स्थितिबीच विभिन्न अध्ययहरुले एउटा आशालाग्दो नतिजा देखाएको छ : त्यो हो– केही मानिसहरुमा सार्स–कोभ–२ भाइरसले संक्रमण गर्नुपूर्व नै उनीहरुमा त्यसका विरुद्ध प्रतिरोधी क्षमता विद्यमान रहेछ ! अनुसन्धानकर्ताहरुको विचारमा कोरोनाभाइरसका अन्य प्रजातिहरु जस्तै सार्स तथा कोरोनाजन्य सामान्य रुघाखोकीको संक्रमणले पनि उनीहरुमा यस नयाँ कोरोनाभाइरससमेतको विरुद्धमा प्रतिरोधी क्षमता विद्यमान रहेको हुन सक्छ । यो कुराले कोभिड–१९ विरुद्धको खोप बनाउने प्रक्रियामा थप बल पुग्ने आशा गरिएको छ ।
प्रस्तुत छः कोभिड–१९ विरुद्धको महासंग्राममा आशा जगाउने यस विषयमाथि द वाल स्ट्रीट जर्नलमा प्रकाशित जेसन डगलसको रिपोर्टको नेपाली अनुवाद ।
मानव शरीरको प्रतिरक्षा प्रणालीले कोभिड–१९ रोग लगाउने भाइरसका विरुद्ध कसरी काम गर्छ भन्ने कडीहरु जोडिरहेको अनुसन्धानकर्ताहरुले आशा लाग्दा कुराहरु पनि फेला पार्दै गइरहेका छन् । त्यो हो– यसअघि सार्स–कोभ–२ को संक्रमणमा नपरेका केही मानिसहरु त्यसका विरुद्ध रोगप्रतिरोधी क्षमता विद्यमान रहेको र त्यसका विरुद्ध लड्ने गर्दो रहेछ ।
यो कुराले के देखाएको छ भने सार्स वा सामान्य रुघाखोकी लगाउने कोरोनाभाइरसको संक्रमणका कारण उनीहरुमा पैदा भएको प्रतिरोधी क्षमताले यो नयाँ भाइरसका विरुद्ध पनि काम गर्दो रहेछ कि भन्ने सम्भावना देखाएको छ । यो जैविक प्रक्रियालाई पक्रेर अगाडि बढ्दा नयाँ खोप बनाउने प्रक्रियामा सहयोग पुग्न सक्ने सम्भावनालाई अनुसन्धानकर्ताहरुले औंल्याएका छन् ।
यो कुराले के देखाएको छ भने सार्स वा सामान्य रुघाखोकी लगाउने कोरोनाभाइरसको संक्रमणका कारण उनीहरुमा पैदा भएको प्रतिरोधी क्षमताले काेभिड–१९ गराउने यो नयाँ भाइरसका विरुद्ध पनि काम गर्दो रहेछ कि भन्ने सम्भावना देखाएको छ । यो जैविक प्रक्रियालाई पक्रेर अगाडि बढ्दा नयाँ खोप बनाउने प्रक्रियामा सहयोग पुग्न सक्ने सम्भावनालाई अनुसन्धानकर्ताहरुले औंल्याएका छन् ।
क्यालिफोर्नियास्थित ला जोल्ला इन्स्टिच्यूट फर इम्युनोलोजीका वैज्ञानिकहरुको एउटा समूहले कोभिड–१९ लागेर निको भएका २० जना मानिसहरुको रगतको नमूना जाँचेका थिए । तीमध्ये अधिकांशमा सामान्य खालका लक्षणहरु मात्रै देखिएका थिए ।
उक्त रक्त नमूनालाई रसायनबाट निर्माण गरिएका भाइरसका अंशमा मिसाउँदा सेतो रक्तकोषहरु परिचालित भएको कुरा उक्त समूहले फेला पार्यो । टी सेलको नामले पनि चिनिने उक्त रक्तकोषले संक्रमणका विरुद्ध शरीरको रोग प्रतिरोधी कार्यलाई समन्वय गर्ने काम गर्छ । अर्को किसिमको टी–सेलले चाहिँ भाइरस संक्रमित कोषलाई खोजेर त्यसलाई नष्ट गर्ने काम गर्छ । सो प्रक्रिया त्यहाँ पनि दोहोरिएको देखियो । गत महिना साइन्टिफिक जर्नलमा पियररिभ्यू भएर प्रकाशित रिपोर्टमा उक्त कुरा उल्लेख गरिएको छ ।
कोभिड–१९ लागेका मानिसहरुमा टी–सेलहरुले भाइरसमा आक्रमण गर्ने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । उनीहरुले माथिको प्रयोगको दौरानमा कोभिड–१९ नलागेको मानिसहरुमा पनि उस्तै खालका टी–सेलहरु फेला पारेका थिए । त्यसो हुनुको सम्भाव्य कारण चाहिँ उनीहरु विगतमा उस्तै खालका भाइरसबाट संक्रमित भएको हुन सक्ने ठानिएको छ ।
कोभिड–१९ लागेका मानिसहरुमा टी–सेलहरुले भाइरसमा आक्रमण गर्ने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । उनीहरुले माथिको प्रयोगको दौरानमा कोभिड–१९ नलागेको मानिसहरुमा पनि उस्तै खालका टी–सेलहरु फेला पारेका थिए । त्यसो हुनुको सम्भाव्य कारण चाहिँ उनीहरु विगतमा उस्तै खालका भाइरसबाट संक्रमित भएको हुन सक्ने ठानिएको छ । ला जोल्लामा संक्रामक रोग र खोप अनुसन्धानका प्रोफेसर तथा उक्त अध्ययनका प्रमुख कर्ता एलेसान्द्रो सेटीइका अनुसार उक्त अध्ययनले कोभिड–१९ गराउने भाइरसबाट संक्रमित भएकाहरुमा सो भाइरसले उनीहरुको प्रतिरक्षा प्रणालीलाई सक्रिय तुल्याएको छैन कि भनेर केही मानिसहरुले गर्ने गरेको शंकालाई मेटाइदिएको छ । जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनका तथ्यांकअनुसार अहिलेसम्म सो भाइरसबाट संसारभरि ७० लाखभन्दा बढी संक्रमित तथा ४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।
उक्त अध्ययन समूहले सन् २०१५ देखि २०१८ सम्ममा २० जना स्वयंसेवीहरुबाट निकालिएको रक्त नमूनाको पनि परीक्षण गरेका थिए । त्यो भनेको कोभिड–१९ देखापर्नुभन्दा अगाडिकै नमूना हो । ती नमूनाहरुलाई कोभिड–१९ का भाइरसमाथि परीक्षण गर्दा आधा जतिको रगतमा पनि उस्तै किसिमको इम्युन प्रतिक्रिया देखिएको थियो ।
यो कुरा ला जोल्लाका अनुसन्धानकर्ताहरुले मात्रै थाहा पाएका कुरा होइन । सिंगापुरका वैज्ञानिकहरुले पनि दशकभन्दा पहिल्यै सार्सबाट संक्रमित भएका व्यक्तिहरुको रगतमा भएका टी–सेलहरुले पनि कोभिड–१९ का भाइरससँग लडेको फेला पारेका थिए । त्यसैगरी, जर्मनीका अनुसन्धानकर्ताहरुले पनि संक्रमणले नभेट्याएका स्वस्थ रक्तदाताहरुको रगतमा भएका टी–सेलहरुले पनि कोभिडका भाइरससँग लडेको फेला पारेका थिए । उनीहरुमा त्यो क्षमताचाहिँ चिसोसँग लड्ने क्रममा पैदा भएको ठानिएको छ । यसबाट नयाँ सिद्धान्त के देखापरेको छ भने, जीवनकालमा अरु कोरोनाभाइरसहरुको एक्सपोजर भएकाहरुमध्ये केहीमा अहिलेको कोरोनाभाइरससँग लड्ने प्रतिरोधी क्षमता विकसित भएको हुन सक्छ ।
‘यो भनेको अहिलेको भाइरसँग पहिले सम्पर्कमा नै नआएका केही मासिनहरुमा प्रतिक्रिया जनाउने क्षमता हुन्छ,’ डा. सेट्टे भन्छन्, ‘यो परिकल्पना हो र हाम्रो प्रयोगशाला त्यस्तो प्रमाण खोज्दैछ, जसले यो कुरा सत्य हो भन्ने देखाउनेछ ।’
यो सिद्धान्तले के पनि संकेत गर्छ भने मासिनहरुमा पहिलेदेखि नै यो भाइरसका विरुद्धमा केही मात्रामा प्रतिरोधी क्षमता छ, जसले यो भाइरसलाई संक्रमण फैलाउनका लाग पर्याप्त मात्रामा आश्रित कोषहरु भेट्याउन नदिएर समुदाय संक्रमणको स्तरलाई तल नै सीमित पारिदिन्छ । साथै यसले केही ठाउँहरुमा अन्यत्रको तुलनामा कोभिड–१९ को महाव्याधि किन व्यापक फैलियो वा कुनै मानिसलाई चाहिँ भेन्टिलेटर नै चाहिने र अरुलाई चाहिँ आफू संक्रमित छु भन्ने कुरा मुश्किलैल थाहा पाउने स्थितिमा पुर्यायो भन्ने कुराको पनि केही सांकेतिक उत्तरहरु दिन्छन् ।
यो सिद्धान्तले व्यापक अर्थ राख्छ । यसले के पनि संकेत गर्छ भने मासिनहरुमा पहिलेदेखि नै यो भाइरसका विरुद्धमा केही मात्रामा प्रतिरोधी क्षमता छ, जसले यो भाइरसलाई संक्रमण फैलाउनका लाग पर्याप्त मात्रामा आश्रित कोषहरु भेट्याउन नदिएर समुदाय संक्रमणको स्तरलाई तल नै सीमित पारिदिन्छ । साथै यसले केही ठाउँहरुमा अन्यत्रको तुलनामा कोभिड–१९ को महाव्याधि किन व्यापक फैलियो वा कुनै मानिसलाई चाहिँ भेन्टिलेटर नै चाहिने र अरुलाई चाहिँ आफू संक्रमित छु भन्ने कुरा मुश्किलैल थाहा पाउने स्थितिमा पुर्यायो भन्ने कुराको पनि केही सांकेतिक उत्तरहरु दिन्छन् ।
कोभिड–१९ का बारेमा अनुसन्धान गरिरहेका डा. सेटीइ र अन्य वैज्ञानिकहरुका अनुसार यी खोजहरु अत्यन्तै प्रारम्भिक चरणका छन् र कोरोनाभाइरसले मानिसको आश्रित कोषमा कसरी अन्तर्क्रिया गर्छ भन्ने कुरा पूर्ण रुपमा थाहा पाउन थप कार्यहरु गर्नु जरुरी छ । त्यस किसिमको इम्युन प्रतिक्रियाले सक्रमणका विरुद्ध केही प्रतिरक्षा प्रदान गर्छ वा भाइरस संक्रमण फैलिने कुरामा नियन्त्रण गर्छ वा यसले संक्रमित मानिसमा त्यसले कति बेसी असर गर्छ, लक्षणहरु देखापर्छ भन्ने जस्ता कुराहरु प्रष्ट हुन अझै बाँकी नै छ ।
अर्को फरक खालको सम्भावना के छ भने त्यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई नयाँ कोरोनाभाइरसलाई पनि सामान्य रुघाखोकीको रुपमा मात्रै पहिचान गराएर रोगलाई झनै जटील बनाइदिन पनि सक्छ ।
‘भाइरससँग प्रतिरोध गर्ने केही टी–सेलहरु तपाईंमा छ भन्नेको अर्थ यो होइन कि तपाईं सुरक्षित हुनुहुन्छ,’ लण्डन मेट्रोपोलिटान युनभिर्सिटीमा मोलेक्युलर इम्युनोलोजीका प्रोफेरस गेरी म्याकलिन भन्छन्, ‘यसको सुरक्षासँग कस्तो अन्तरसम्बन्ध हुन्छ भन्ने कुराको हामीले पहिचान गर्नैपर्छ ।’
बेइजिङस्थित सिंगुवा युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्रोफेसर तथा क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल्समा परामर्शदाता समेत रहेको बाबाक जाभिडका अनुसार, अर्को चरणको सबैभन्दा महत्वपूर्ण कार्य भनेको यस्ता प्रतिरोधी क्षमता देखिएका मानिसहरुमा कस्तो असर देखापर्छ भन्ने कुराको पहिचान गर्नु नै हो ।
बेइजिङस्थित सिंगुवा युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्रोफेसर तथा क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल्समा परामर्शदाता समेत रहेको बाबाक जाभिडका अनुसार, अर्को चरणको सबैभन्दा महत्वपूर्ण कार्य भनेको यस्ता प्रतिरोधी क्षमता देखिएका मानिसहरुमा कस्तो असर देखापर्छ भन्ने कुराको पहिचान गर्नु नै हो ।
‘रोगको मोड्युलिङ गर्नका लागि उनीहरु कत्तिको महत्वपूर्ण छन् भन्ने कुरा हामीले थाहा पाउनु पर्छ,’ उनी भन्छन् ।
यद्यपि, वैज्ञानिकहरुको विचार यो परीक्षणको नतिजाले खोको विकासमा धेरै सकारात्मक दिशाहरु देखाउन सक्छ । अहिले संसारभरि नै १०० भन्दा बढी भ्याक्सिनहरु विकास भइरहको छन् र तीमध्ये १० वटा त मानिसमा समेत परीक्षण भइसकेका छन् । त्यस दौडमा सबैभन्दा अत्याधुनिक दावेदार मानिएको खोप अतिक्रमणकारी भाइरसका विरुद्ध शरीरलाई कोषहरुमा जबरजस्ती घुस्नका लागि प्रयोग हुने भाइरसको स्पाइक प्रोटिनलाई चिन्न सहयोग गर्ने र त्यसका विरुद्ध लड्ने प्रतिजैविक तत्व (invader-fighting antibodies) उत्पन्न गराउन उत्प्रेरित गर्छ । खोप लगाइसकेपछि ती दुई किसिमका टी–सेलले भाइरस चिन्न र त्यसका विरुद्ध लड्न जबरजस्त इम्युन प्रतिरोध पैदा गर्छ कि गर्दैन भन्ने कुरा प्रष्ट थिएन । तर माथिको अनुसन्धानले त्यो गर्न सक्ने देखाएको छ ।
शरीरको टी–सेलहरुले भाइरसको उपस्थितिलाई उद्घाटित गरिदिने अन्य संकेतहरुलाई चिन्ह सक्छ भन्ने पनि देखाएको छ । यसले अनुसन्धानकर्ताहरुलाई आफ्ना आक्रमणलाई अझ धेरै चुस्त बनाउने मौका दिएको डा. सेटिइको ठम्याइ छ । ‘यसले सम्भवतः अहिले मौजुदा रहेका खोपहरुलाई अझ प्रभावकारी बनाउने ढोका खोल्नेछ,’ उनी भन्छन् ।
कोभिड–१९ का बारेमा अन्यौलग्रस्त तुल्याइरहेको एउटा अनिश्चितता के पनि हो भने के यस रोगबाट संक्रमित भइसकेका मानिस पुनः संक्रमित हुन र पटक पटक बिरामी परिरहन सक्छ भन्ने पनि हो । यो अन्यौलले नै खोपले कोभिड–१९ विरुद्धको प्रतिरोधी क्षमता लामो समयसम्म रहने कुरालाई पनि कमजोर तुल्याउँदै आएको छ । अहिलेको अध्ययनमा उस्तै किसिमको भाइरसले संक्रमण भएको वर्षौंपछि पनि टी–सेलहरुले वर्षौपछि पनि संक्रमणलाई चिन्न सक्ने कुराले लामो समयसम्मको प्रतिरोधी क्षमता रहन सम्भव हुन सक्ने देखाएको अभिमत मार्टिन हिब्बेर्डको छ । हिब्बेर्ड लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसनका प्रोफेसर हुन् ।
Title Photo: https://scx2.b-cdn.net
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत