बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ युगको अक्षर

शनिबार, ३१ जेठ २०७७, २२ : ५५
शनिबार, ३१ जेठ २०७७

पाँच महीना पुगिसकेछ

एउटा युद्धभूमिमा
परिणत भइसकेको छ
यो पृथ्वी ,
एउटा अघोषित युद्ध
एउटा अदृश्य युद्ध
– यसैले पीडित यो पृथ्वी छ ।
त्यो अदृश्य शत्रुसित
आतङ्कको हतियार छ ।
संसारभरि मन मनमा
त्यसैको आक्रमण छ –
अदृश्य आक्रमण छ ।
जिजीविषा फक्रने फूलमा
भयको काँड़ा छ ‌।
खड़ेरी परेको खेतजस्तो
पृथ्वी रूखो रूखो बनाएको छ ‌।

अज्ञात
अदृश्य शत्रुले
गाउँलाई चुपचाप बनाएको छ ।
शहरका हल्लाहरू
चेपचापमा पसेका छन् ,
जीवनहरूमा उत्सव भेटाउन
सक्षम छ त्यो वैरी
अर्काको खुशी खोसेर
सायद आफू रमाइरहेछ त्यो ।
तर यसको साम्राज्यविस्तार
अभियान
एकदिन विराम लाग्ने नै छ ।
अनि
मानव इतिहासको
सादा कागजमा
लेखिनेछ फेरि
एउटा नयाँ युगको अक्षर
एउटा नयाँ युगको अक्षर ।।

    कमला तामाङ

मिरिक, दार्जीलिङ, पं बंगाल, भारत
६२९७०६८८४१

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा