शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संशोधन विधेयक पारित भएपछि प्रम ओलीको प्रतिक्रिया : अब भारतसँग वार्ता हुन्छ

शनिबार, ३१ जेठ २०७७, २१ : २०
शनिबार, ३१ जेठ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँगको वार्ता अघि बढाउने बताएका छन् । 

उनले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा  समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्ने बताएका हुन् । 
संघीय संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै वार्ता हुने बताए । 

उनले भने, ‘राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो । केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ ।’

नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भएपनि अबको कदम के हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘अब छिट्टै वार्ता हुने’ बताए । उनले भने, ‘अब वार्ता हुन्छ । अगाडि बढ्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप