मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो : सावधानी शुन्य

शनिबार, ३१ जेठ २०७७, १९ : ०१
शनिबार, ३१ जेठ २०७७

रौतहट । नेपालको सबैभन्दा बढी रौतहट जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिवार रौतहटमा ९२ जनामा कोरोना संक्रमणको पुष्टि भएका् छ । योसँगै रौतहटमा संक्रमितको संख्या ७ सय नाघेको छ ।

रौतहट जिल्ला अस्पतालका प्रमुख महेश साहका अनुसार परोहा नगरपालिकाका ५२ जना, ईशनाथका २३, राजपुरका १२ र देवाही गोनाहीको ५ जनागरी कुल ९२ जनामा संक्रमणको पुष्टि भएको हो ।

रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या शनिवार अपरान्हसम्म सात सय ११ पुगेको प्रमुख साहले बताए । संक्रमित बसैजना सम्बन्धित पालिकास्थित क्वारेन्टिइनमा बस्दै आएका छन् । भारतमा लकडाउन लामो समयसम्म चलेको कारण विभिन्न सहरमा रोजगारी गरेर बसेकाहरु आआफनो घर फर्केका थिए ।

भारतको मुम्बई, दिल्ली, गुजरातलगायतका सहरबाट फर्केर जिल्लाको विभिन्न क्वारेन्टिनमा हजारौं मानिस बसिरहेका छन् । उनीहरुमा कोरोना संक्रमण देखिन थालेपछि रौतहटमा संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएको छ । दुई दिनअघि मात्रै स्वास्थ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुई सय बढी संक्रमित हुने जिल्लामा लकडाउनमा कडाई गर्ने र सुरक्षा सतर्कता बढाउने बताएका थिए ।

तर रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय नाघिसकेको अवस्थामा लकडाउन अनलक भएको छ । जिल्ला सदरमुकाम गौरदेखि गरुडा, चन्द्रपुर, कटहरियालगायत बजारका पसलहरु खुलिरहेका छन् ।

निजि सवारी साधनहरुको त्यत्तिकै चाप छ  । केही दिनअघि स्थानीय प्रशासनले पसल खोल्दा सामाजिक दुरी कायम राख्ने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, प्रत्यके पसल अगाडि साबुन पानी सेनिटाइजर राख्नुपर्ने सूचना जारी गरेको थियो ।

तर रौतहटमा कुनै नियमको पालना भएको देखिएन । सुरक्षा सतर्कता समेत नअपनाइएकाले यहाँ कोरोना भाइरसको महामारी फैलिन सकने विज्ञहरुले चिन्ता गर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप