शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कूटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन समर्थन र साथ रहन्छ : देउवा

शनिबार, ३१ जेठ २०७७, १४ : ४७
शनिबार, ३१ जेठ २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता भएको बताएका छन् । उनले भने, 'राष्ट्रियताको यो विषयमा समर्थन देखिनु नेपालको हितमा देखिएको छ । यो अत्यन्तै महत्वपूर्ण छ।'

प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै देउवाले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र कूटनीतिक प्रयासबाट फिर्ता ल्याउनेमा प्रमुख प्रतिपक्षी दलले समर्थन गर्ने र साथ दिने  प्रतिबद्धता जनाए ।

उनले कालापानी पूर्वको भूमि नेपालको भएकोमा कुनै शंका नभएको बताए । उनले भने, 'सुगौली सन्धि १८१६ अनुसार काली नदी पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ । अंग्रेजले छापेको नक्सामा पनि स्पष्ट छ र चिनियाँ नक्सामा पनि कुटियाङ्दी भन्ने उल्लेख छ । त्यसको अर्थ काली नदी भन्ने हुन्छ । काली नदी पूर्वको भाग नेपालको हो भन्ने स्पष्ट छ र दुईमत छैन ।'

काँग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारको संशोधन विधेयको समर्थन गर्ने निर्णय गरेको पनि पूर्वप्रधानमन्त्री देउवाले जानकारी दिए । सबै राजनीतिक दलहरूबीच संविधान संशोधनको विषयमा एकता देखिनुले सकारात्मक सन्देश गएको देउवाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप