बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डा. एन्थोनीलाई किन लागिरहेछ, अमेरिकामा कोरोनाको स्थिती नियन्त्रण बाहिर हुनेछ ?

शनिबार, ३१ जेठ २०७७, १३ : ४५
शनिबार, ३१ जेठ २०७७

अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकाका केही राज्यमा कोरोनाभाइरस बिरामीको अस्पतालमा जुन अनुपातमा भर्ना बढिरहेको छ, त्यो चिन्ताजनक भएको बताएका छन् ।

सीएनएनसँगको कुराकानीमा यदि कन्ट्याक्ट ट्रेसिङ सिस्टमलाई प्रभावकारी नबनाएको स्थितीमा हालत नियन्त्रण बाहिर हुनसक्ने चेतावनी पनि दिएका छन् ।

 फाउचीले लकडाउन खुकुलो पारेपछि संक्रमण तीब्र रुपमा बढिरहेको बताएका छन् । उनले भने, ‘अस्पतालमा बिरामीको संख्या बढिरहेको तपाईंले देख्नुहुन्छ भने सबै कुरा ठिक छैन भनेर सतर्क हुनुपर्छ ।’

अमेरिकामा कोरोनाभाइरसका कारण हालसम्म १ लाख १६ हजार बढीको मृत्यु भइसकेको छ भने २० लाख बढी संक्रमित भइसकेका छन् । अमेरिकाका आधा दर्जन बढी राज्यका अस्पतालमा बेडका लागि मारामारको स्थिती छ ।

शुक्रबार टेक्सस र उत्तरी क्यारोलाइनाका अस्पतालमा बिरामी भर्नाको संख्या सबैभन्दा धेरै भएको बताइएको छ । यद्यपि, अधिकारीका अनुसार कोरोनाका कारण सबैभन्दा कम मृत्युदर यहिँ छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप