केन्यामा चर्चित गायकको निधनपछि अन्त्येष्टिको विषयमा हंगामा

केन्याका चर्चित गायक बर्नार्ड ओबोन्योको अन्त्येष्टिको विषयमा शुक्रबार प्रहरी र प्रशंसकबीच झडप भएको छ । बर्नार्ड ओबोन्योलाई उनका प्रशंसकले अबेनी भन्थे । अबेनीका प्रशंसका उनको अन्त्येष्टि कोरोनाभाइरसका संदिग्धहरुको शवको जस्तो नहोस् भन्ने चाहन्थे ।
प्रशंसकको भीडका अनुसार यस्तो गरिनु अबेनीको अपमान हुनेछ । यद्यपि, कोरोनाभाइरसको संक्रमणका कारण शवको अन्त्येष्टिका थुप्रै नियममा परिवर्तन आएको छ । प्रहरीले भीड नियन्त्रणका कारण अश्रु ग्यास प्रहार गरेका छन् ।
ओबोन्योको मृत्यु ३३ वर्षको उमेरमा ११ जूनमा भएको थियो । ओबोन्योका भाइले केन्याली पत्रिकमा डेली नेशनसँगको कुराकानीमा उनलाई छाती र पेटमा अत्यधिक पीडा भइरहेको थियो । उनी सास फेर्न सकिरहेका थिएनन् र रगत बन्ता गरिरहेका थिए । परिवार र प्रशासनले उनको कोरोना परीक्षण भए नभएको जानकारी भने दिएनन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
-
अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास
-
हमासले मानेन इजरायलको प्रस्ताव
-
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
-
प्रि–मनसुनमा कसरी भित्र्याउने हिउँदेबाली ?
-
व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र