तराई–मधेशका जिल्लामा लागुऔषध र साना हतियारबाट सुरक्षा चुनौती

सर्लाही । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई– मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमाक्षेत्रका बजारमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाइएको छ । अवैध हतियार बोकेर नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीको समूह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए । साना हतियारको प्रयोगबाट तराईका क्षेत्रमा आपराधिक गतिविधि हुने गरेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक पोखरेलले खुला सिमानको दुरुपयोग गरी अवैध लागुऔषध सहजै नेपाली बजारमा आउने गरेकाले यसलाई रोक्ने प्रयास गरिरहेको बताए । ‘हामीले सीमाक्षेत्रमा निकै कडाइ गर्दै आएका छौँ तर पनि खुला सिमाना भएकाले कतै न कतैबाट चोरबाटो हुँदै अवैध लागूऔषध बोकेर नेपाल प्रवेश गर्ने आपराधिक समूह रहेकाले उच्च सतर्कताका साथ खटेर काम गरेका छौं’ उपरीक्षक पोखरेलले बताए ।
सीमाक्षेत्रको भारतीय बजारमा अवैध लागुऔषध खुला बिक्री हुने हुँदा चुनौती बढेको प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ । यसबाट दुवै देशका नागरिकलाई सुरक्षा चुनौती बढेको उनले बताए । साना हतियारको प्रयोगबाट धेरैको ज्यान पनि गएको जनाइएको छ । हत्या, अपहरण, लुटपाटजस्ता अपराधमा साना हतियार प्रयोग हुने हुँदा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाइ छ । सुरक्षा अधिकारीकोे सीमा बैठकमा साना हतियार तथा अवैध लागुऔषधको विषयमा कुरा उठ्ने गरेको पाइएको छ ।
यसलाई रोक्नुपर्नेमा भारतीय अधिकारीसमेत सहमत हुँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जिसीले तराई –मधेशका सबै जिल्लाको सिमाना खुला रहेका कारण अवैध लागुऔषधको ओसारपसार गम्भीर चुनौती भएको बताए ।
खुला सीमा भएकाले समस्या हुने गरेका कारण दुवै देशका सुरक्षा अधिकारीले एकार्कालाई सहयोग ग¥यो भने समस्या समाधानमा सहज हुने विश्वास रहेको प्रजिअ जिसीले बताए । लागूऔषध शरीरको कुनै पनि भागमा सहजै लुकाएर ल्याउने गरेको उनको भनाइ छ । साना सवारी साधनको केही भागमा लुकाएर अवैध लागुऔषध ओसारपसार गर्दै आएको पाइएको र खुला सिमानाका कारण नियन्त्रण निकै चुनौतीपूर्ण रहेको प्रजिअ जिसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साबिक विजेतालाई हराएर पहिलो सहभागितामै चर्च ब्वाइजलाई उपाधि
-
कांग्रेसमा राठौर र साउदले गुट परिवर्तन गरेका हुन् ?
-
स्कुटर चोरीमा संलग्न पक्राउ
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता