माइतीघरबाट ६ विदेशी नागरिक पक्राउ
शनिबार, ३१ जेठ २०७७, ११ : ०३
![माइतीघरबाट ६ विदेशी नागरिक पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest-pakrau-handcuff-jail_fnrOCbJnR7.jpg)
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डला चोकबाट ६ विदेशी नागरिक पक्राउ परेका छन् । अमेरिकी, तीन चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एमसीसी र रुकुम हत्याकाण्ड बारे माइतीघर मण्डलामा विगत एक हप्तादेखि आन्दोलन हुँदै आइरहेको छ । आन्दोलन भइरहेको क्षेत्रबाट पक्राउ परेपनि उनीहरु आन्दोलनमा सहभागि हुन गएका थिए वा आफ्नै काम विशेषले गएका थिए यकिन भइसकेको छैन ।
पक्राउ परेका उनीहरुलाई सोधपुछ हुने काम भइरहेको प्रहरीले जनाएको छ । हाल उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन नपाउने नेपालको संविधानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य