१५ वर्ष कान्छा प्रेमीले सुरुमा सुष्मिता सेनलाई लुकाएका थिए उमेर

एजेन्सी – बलिउडकी सदाबहार अभिनेत्री सुष्मिता सेनको भर्खरै वेभ सेरिज ‘आर्या’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई निकै मन पराइएको छ । यो सेरिज डिज्नी हटस्टारमा जुन १९ बाट रिलीज हुँदैछ ।
यसै, सेरिजको प्रमोशनको सिलसिलामा सुष्मिता सेनले आफ्ना प्रेमीको बारेमा केही खुलासा गरेकी छिन् । उनले एक भारतीय अनलाइन पोर्टललाई दिएको एक अन्तर्वार्ताको अनुसार उनका प्रेमी रोहमन शलले सुरुमा उनलाई उमेर लुकाएका थिए । उनीहरुबीच १५ वर्षको उमेर अन्तर रहेको छ । सुष्मिता सेन ४४ वर्षकी भइन् भने उनका प्रेमी रोहमान २९ वर्षका भए ।
सुष्मिताले उनका प्रेमीले सुरुमा उमेर ढाटेको बताइन् । सुष्मिताले रोहमानलाई सुरुमा उनी निकै कम उमेरको देखिने भन्दै उमेरको बारेमा सोध्ने गर्थिन् । तर रोहमानले आफ्नो उमेर अनुमान लगाउन भन्दै आलटाल गरेको बताइन् । सुष्मिताले यसरी मिल्नु भाग्यमा लेखिएको बताइन् ।
सुष्मिता र रोहमानको भेट इन्स्टाग्राममा भएको थियो । सुष्मिता सेन र रोहमन सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण