प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह
साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ ।
सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई शङ्काको सुविधासहित स्वागत गरेको जनाएको हो ।
उपप्रधानन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकको निर्णयबाट उक्त प्रतिबद्धता सार्वजनिक भएको थियो ।
साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा सरकारको सार्वजनिक प्रतिबद्धता र कोरोनाको बढ्दो सङ्क्रमणको पृष्ठभूमिमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचाअनुरूपका काम गरे÷नगरेको मूल्याङ्कन गर्न आम नागरिकलाई अपिल गरिएको छ ।
आज प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन हुने कार्यसूची भएकाले सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संशोधन गर्ने संसद्को ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसद्भित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एकढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्न पनि हार्दिक आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा
-
सुमेरु सहकारीको ३ कार्यालयमा सिल