आफन्तले सैफसँग विवाह नगर्न सुझाव दिएका थिए तर करीना विवाहका लागि किन भइन् राजी ?

एजेन्सी - बलिउड अभिनेता तथा अभिनेत्री करीना कपूर र शैफ अली खानको विवाह भएको पनि थुप्रै वर्ष भइसक्यो । उनीहरुको एक जना सन्तान पनि भइसकेका छन् । बलिउडमा सुन्दर जोडीको रुपमा पनि चिनिँदै आएका सैफ र करीनाको विवाहको समयमा भने केही वैचारिक बहस भएका करीनाले खुलासा गरेकी छन् । आफूभन्दा निकै बढी उमेरका सैफ सम्बन्धविच्छेद गरेर बसेका अनि दुई जवान सन्तानका पिता पनि थिए । जसकारण करीनालाई धेरैले उनीसँग विवाह नगर्न सल्लाह दिएको करीनाले खुलाएकी थिइन् ।
उनले चर्चित टेलिभिजन कार्यक्रम ‘कफि विथ करण’ मा दिएको एक अन्तर्वार्तामा उनका आफन्त तथा शुभचिन्तकले उनलाई सैफसँग विवाह नगर्न सल्लाह दिएको बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘थुप्रै मानिसहरुले मलाई सैफसँग विवाह नगर्न सल्लाह दिएका थिए । केहीले चेतावनी समेत दिएका थिए ।’ अभिनेत्रीले भनिन्, ‘मानिसहरु सैफ पहिले नै विवाहित भएको र छोराछोरीको पिता भएका कारण विवाह गर्न उचित नहुने बताउँथे ।’
तर, करीनाले माया गर्नु कुनै पाप नभएकाले सैफसँग विवाह गर्ने सोचमा पुगेको बताइन् । मानिसहरुले उनको करियर नै सकिने समेत चेतावनी दिएका थिए । यद्यपि, उनले सम्बन्धविच्छेद भएपनि छोराछोरीको पिता भए पनि वा आफ्नो करियर नै दाउमा राखेर माया गर्नु अपराध नभएको भन्दै विवाह गर्न राजी भएकी बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग