केन्द्रीय संस्करण

घोराहीमा कोरोनाका लागि रु ८३ लाख खर्च

person explore access_timeजेठ ३१, २०७७ chat_bubble_outline0

घोराही उपमहानगरपालिकाले कोरोना व्यवस्थापनका लागि रु ८३ लाख बरराबरको बजेट खर्च गरेको छ । 

क्वारेन्टिन व्यवस्थापन, कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री खरीद र  सीमामा अलपत्र नागरिकलाई घोराहीसम्म ल्याउनका लागि रु ८३ लाख ४८ हजार ७०५ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । 

कोरोना राहत कोषमा उपमहानगरपालिकासँगै कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायतको रु ६६ लाख पाँच हजार ९११ जम्मा भएको थियो । 

बन्दाबन्दीका समयमा  आर्थिक रुपमा विपन्न पाँच हजार ५४८ परिवारलाई गत वैशाख १५ गतेसम्म रु १८ लाख १७ हजार  मूल्यको खाद्य सामग्री सहयोग गरिएको उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख उमेश शर्माले जानकारी दिए। 

उपमहानगरपालिकाले क्वारेन्टिन व्यवस्थापनमा रु २७ लाखभन्दा बढी खर्च गरेको छ । विदेशबाट आउने नागरिकसँगै देशभित्रका विभिन्न स्थानबाट आउनेलाई राख्नका लागि  १९ वटा वडाका ८५ स्थानमा क्वारेन्टिन निर्माणका लागि रु २७ लाख ६ हजार ४१२ खर्च गरिएको छ । 

पचासी स्थानमा तीन हजार ४१६ शय्या क्षमता रहेको क्वारेन्टिन निर्माण, आवश्यक फर्निचर र कपडालगायत सामग्री खरदमा उक्त रकम खर्च भएको उपमहानगरपालिका, आन्तरिक व्यवस्थापन शाखाका प्रमुख बाबुराम पन्थीले जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.