दुई हजार बढी विद्यालयमा क्वारेन्टिन
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको हो ।
विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधार समेत हुने भएकाले विद्यालयमा क्वारेन्टिन बन्ने क्रम बढेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दिएको छ ।
केन्द्रका अनुसार, प्रदेश १ मा १६० वटा, प्रदेश दुईमा २०२ वटा, बागमती प्रदेश १५० वटा तथा गण्डकी प्रदेशमा २३८ वटा विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ ।
प्रदेश ५ मा ७५१ वटा, कर्णाली प्रदेशका २४५ वटा तथा सुदूरपश्चिम प्रदेशमा २६३ वटा समेत कुल दुई हजार नौवटा विद्यालयमा क्वारेन्टिन बनाइएको जानकारी केन्द्रले दिएको छ । सबैभन्दा धेरै प्रदेश ५ का विद्यालयमा क्वारेन्टिन बनाइएको पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?
-
डेब्यु फिल्मको कार्यक्रममा दिलीपकी छोरी दिव्याले भनिन्, ‘अब यो मेरो कर्मभूमि हो’
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
-
१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन
-
कर्णाली अझै पनि केन्द्रीय राज्यसत्ताको उपेक्षामा
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र