नेपाल पहिलोपटक राष्ट्रसंघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित
काठमाडौं – नेपाल पहिलोपटक संयुक्त राष्ट्रसंघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित भएको छ । पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले निर्वाचित भएका हुन् । राष्ट्रसंघ महासभामा हुने ६ वटा मुख्य कमिटीमध्ये उक्त कमिटी पनि निकै महत्वपूर्ण मानिन्छ । यो कमिटीको नेतृत्व गरेसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई सकारात्मक भूमिका निर्वाह गर्ने महत्वपूर्ण अवसरको ढोका खुलेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।
विश्वका अल्पविकसित देशहहरुले सामना गर्र्दै आइरहेका समस्याहरुमा केन्द्रीत हुने भएकोले पनि आर्थिक तथा वित्तिय कमिटीको महत्व बढेको छ । अल्पविकसित मुलुकहरुले सामाना गर्दै आइरहेका समस्या, विकास, गरिबी उन्मूलन, व्यापार, विश्वव्यापीकरण, अन्तर्र्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन लगायतका विषय यस कमिटीले हेर्ने गरेको छ । नेपालका लागि यसलाई एउटा महत्वपूर्ण अवसरका रुपमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा