शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदुरपश्चिममा  संक्रमितको संख्या १६५ पुग्यो

शुक्रबार, ३० जेठ २०७७, २१ : ३०
शुक्रबार, ३० जेठ २०७७

कैलाली ।सुदुरपश्चिम प्रदेशमा कोभिड १९ का संक्रमितको कृयाशिल संख्या १६५ पुगेको छ ।  सेती प्रादेशिक अस्पताल कोभिड १९ को प्रयोगशालामा गरिएको परिक्षण बाट  ८४०२ जनाको थ्रोट स्वाब नमुना जाच गरिएका मध्ये कोभिड १९ को पाजिटिभ कृयाशिल  संख्या १६५ पुगेको हो ।
 
हाल सम्म १०२३२ जनाको स्वाब नमुना संकलन गरिएको र जाच गरिएका मध्ये ८२१४ मा नगेटिभ रिपोट आएको जनाएको छ । निको भई २१ जना घर गई सकेका छन भने २ जनाको मृत्यु भइसकेको छ । १८ सय ३० जनाको रिपोर्ट आउन बाँकी छ र पोजिटिभ संक्रमितको विभिन्न असपतालमा उपचार भइरहेको जनाइएको छ । 

सामाजिक विकास मन्त्रालय अन्र्तगत सवास्थ्य निर्देशनालय डोटी ले हरेक दिन गर्ने मिडिया व्रिफिङ्ग मा सो कुराको जानकारी दिएको हो ।

कोभिड १९ का संक्रमित मध्ये  अछाम मा १५, बैतडी ६, बझाङ्ग ९, बाजुरा २०, डडेल्धुरा १५, दार्चुला १२, डोटी ६, कैलाली ७१, कंचनपुर जिल्ला अस्पतालमा ३४, गरी १८८ रहेका छन भने जस्मध्ये २१ जना निको र २ जनाको मृत्यु पश्चात कृयाशिल १६५ रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नेरेन्द्र सिह काक्री ले बताए । 


आरडिटी बिधिवाट ५६ हजर ५९९ जनामा परिक्षण गरेको छ । ५३ हजार ७८२ को नतिजा नेगेटिभ छ भने २ हजार ८१७ जना आरडिटी पोजिटिभ भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले वताए । 

पोजिटिभ आएका हरुको पिसिआर बिधिबाट जाच हुने क्रम जारी रहेको उनले बताए । ५१५३० जना पुरुष र १०१८० जना महिला  क्वारेन्टाईनमा रहेको उनले वताए ।

प्रदेशमा आइसोलेसन बेड संख्या २४९ रहेको र शंकास्पद २५ र संक्रमित १०२ गरी १२७ जनालाई आइसोलेसनमा राखी उपचार भइरहेको उनले बताए । ३४२ जना भने सामान्य उपचार पछि घर गईसकेको उनले बताए । 
 सेती प्रादेशिक अस्पताल धनगढीमा ३४, टिकापुर १५, महाकाली, ३३ अछाम १२, बझाङ्ग १, डोटी २, बाजुरा १, डडेल्धुरा २, जोगबुढा १, दार्चृला अस्पतालमा १ जना सक्रमितको उपचार भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप