कोरोनासँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न साझाको माग
शुक्रबार, ३० जेठ २०७७, १८ : १५

काठमाडौं । साझा पार्टीले कोभिड–१९ सँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग गरेको छ । सो पार्टीले आज एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्कटले विविध क्षेत्रमा पारेको तत्कालीन र दीर्घकालीन असरसँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग गरेको हो ।
साझा पार्टीले मुलुकमा झण्डै तीन महिना भएको बन्दाबन्दीका कारण दैनिक ज्याला, मजदूरी गर्ने लाखौँ नागरिकको जीवन अत्यन्त कष्टकर बन्दै गएको, उद्योग व्यवसाय, कृषि पर्यटन, शिक्षालगायतका क्षेत्र धराशायी हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । विदेशमा अलपत्र परेका नेपालीलाई चाँडो स्वदेश ल्याउन साझाले सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिइने
-
दक्षिण अफ्रिका र न्युजिल्यान्डको ऐतिहासिक उपलब्धि
-
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो
-
नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक बढुवा
-
प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो
-
केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा