बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाल्पाको तिनाउ खोलामा कार खस्यो

शुक्रबार, ३० जेठ २०७७, १७ : ५७
शुक्रबार, ३० जेठ २०७७

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ ।  जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रित भई सडकबाट २०० मिटर तल तिनाउ नदीमा खसेको हो ।

दुर्घटनामा चालक  गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । अहिले उनलाई उपचारको लागी बुटवलको लुम्बिनी  प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुुल्न अझै नसकेको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप