कोरोनाबाट जटिल अवस्थामा पुगेका युवक १६ दिनपछि निको भई घर फर्के

person explore access_timeजेठ ३०, २०७७ chat_bubble_outline0
file photo

बुटवल । बुटवलको कोरोना अस्पतालमा आईसीयूमा राखेर उपचार गराइरहेका कपिलवस्तुका एक कोरोना संक्रमित आज  डिस्चार्ज भएका छन् । भारतको मुम्बईबाट घर आएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवक डिस्चार्ज भएका हुन् ।

जटिल अवस्थामा उपचाररत बिरामीमध्ये निको भएका उनी देशकै सम्भवत पहिलो बिरामी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले दाबी गरेका छन् । अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र मधुमेहसमेत स्थिर भएकाले आज डस्चार्ज गरिएको हो । उनी जेठ पहिलो साता भारतको मुम्बईबाट आएका थिए । त्यसलगत्तै कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा उनी बसेका थिए । त्यहाँ ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई जेठ ८ गते जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । सोही दिन उनको पीसीआरका लागि स्वाब लिइएको डा.खनालले बताए ।

मधुमेहका समेत बिरामी उनलाई जेठ १४ मा अचेत अवस्थामा अस्पताल ल्याएर २ दिन भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि मात्र आईसीयूमा सारिएको अस्पताले जनाएको छ । सिकिस्त बिरामी रहेका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले अन्यत्र जान भन्दै बुटवल रिफर गरेको थियो । उनलाई उपचारको साटो पुनः क्वारेन्टाइमा फर्काइएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जेठ १४ मा उनलाई कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । आज १६ दिनपछि निको भएर घर फर्काउन पाउँदा सबै स्वास्थ्यकर्मीहरुलाई खुसी लागेको अस्पतालका फोकल पसर्न डा.सुदर्शन थापाले बताए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।