शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुईवटा गधाको भार

शुक्रबार, ३० जेठ २०७७, १५ : २९
शुक्रबार, ३० जेठ २०७७

एक दिन बिहानै अकबर बादशाह र उनको छोरा सलीम घुम्नको लागि बाहिर निक्ले । उनीहरुका साथमा बीरबल पनि थिए । बिहानीपखको शीतलता, मन्द मन्द चलिरहेको सुगन्धित हावाले उनीहरुको मन निक्कै आनन्दित भयो । त्यसैले उनीहरु त्यस आनन्दमय बातावरणमा हिंड्दाहिंड्दै निक्कै टाढा पुगे ।

जब उनीहरु घुम्दा घुम्दा थाकेर दरवारमा फर्कन खोजे त्यतिबेलासम्म घाम लागिसकेको थियो । घामले गर्दा उनीहरुलाई निक्कै गर्मी हुन लाग्यो । गर्मी खप्न नसकेर अकबर बादशाहले आफूले लाइराखेको गाउन फुकालेर बीरबललाई राख्न दिए । बीरबलले पनि त्यसलाई गम्छाजस्तै गरेर आफ्नो काँधमा राखे । एकै छिनपछि राजकुमार सलिमले पनि आफ्नो गाउन फुकालेर बीरबललाई दिए । बीरबलले त्यो पनि आफ्नै काँधमा राखे ।

यो देखेर अकबर बादशाहलाई बीरबलसँग ठट्टा गर्न मन लाग्यो । उनले ठट्टै ठट्टामा बीरबललाई भने– “बीरबल, अब त तिम्रो काँधमा एउटा गधाको बोझ परेको जस्तो छ ।”

बीरबलले तुरुन्त उत्तर दिइहाले– “महाराज मेरो काँधमा अहिले एउटा गधाको मात्र बोझ नभएर दुईवटा गधाको बोझ परेको छ ।”

उनको यो उत्तर सुनेर अकबर बादशाह खित्का छोडेर हाँस्न थाले ।

Title Photo: https://cdn2.momjunction.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप