शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘इन्गेजमेन्ट’ भइसकेपछि सम्बन्ध टुटेका यी बलिउड जोडी

शुक्रबार, ३० जेठ २०७७, १४ : ३१
शुक्रबार, ३० जेठ २०७७

एजेन्सी : बलिउड उद्योगमा केही चर्चित जोडीहरुको सम्बन्ध विवाहसम्म पुगेर टुटेको थियो । लामो समय प्रेम सम्बन्धमा रहेर विवाहका लागि ‘इन्गेजमेन्ट’ गरेपछि एक अर्काबाट टाढिएका केही जोडीहरुको बारेमा चर्चा गर्दैछौं । 

अभिषेक बच्चन र करिश्मा कपूर 

करिश्मा कपूर बच्चन परिवारकी बुहारी बन्नेवाली थिइन् । अभिषेक बच्चन र करिश्मा कपूरको इन्गेजमेन्ट पनि भइसकेको थियो । तर भाग्यको लेखा अर्कै भएर होला करिश्मा र अभिषेकको इन्गेजमेन्ट तोडियो । किन उनीहरुको इन्गेजमेन्ट टुट्यो भनेर आजसम्म कसैलाई थाहा छैन । इन्गेजमेन्ट तोडिएपछि अभिषेकले ऐश्वर्या रायसँग विवाह गरे । भने करिश्माले सञ्जय कपूरसँग विवाह गरिन् । करिश्माको भने सम्बन्धविच्छेद भइसकेको छ ।

विवेक ओबारोय र गुरप्रीत गिल

बलिउड अभिनेता विवेक ओबेरोयले प्रेमिका गुरप्रीत गिलसँग इन्गेजमेन्ट गरेका थिए । तर, उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न सकेन । विवाह नहुँदै उनीहरुबीच सम्बन्ध बिग्रियो र विवेकले प्रियंका अल्वासँग विवाह गरे । 

सलमान खान र संगीता बिजलानी 

बलिउड अभिनेता सलमान खानले कहिले विवाह गर्लान ? उनको विवाह को सँग होला ? उनकी प्रेमिका को होलिन् ? यस्ता प्रश्नहरु भारतीय सञ्चारमाध्यमहरुमा बारम्बार उठिरहेका हुन्छन् । धेरैवटी अभिनेत्रीसँग प्रेमसम्बन्धमा रहेका सलमानको संगीता बिजलानीसँग विवाहको लागि कार्ड समेत छापेका थिए । तर उनीहरुबीच सम्बन्ध तोडियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप