शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु

शुक्रबार, ३० जेठ २०७७, १३ : ४५
शुक्रबार, ३० जेठ २०७७

ब्रासिलिया  । ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ ।  पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजारर २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित देखिएका छन् । 

ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिहरुको संख्या ८ लाख ९ हजार पुगिसकेको छ ।  विश्वमै संयुक्तराज्य अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट विश्वभर ७५ लाखभन्दा बढी मानिस संक्रमित हुनुका साथै ४ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप