जब करिनाले गरिन् खुलासाः सबैले भनेका थिए सैफसँग विवाह गरे पछुताउनेछौ किनभने उनी...
सैफ अली खान र करिना कपुर खान बलिउडका निकै चर्चित जोडीमध्येका एक हुन् । यो जोडी अक्सर लाइमलाइटमा आइरहन्छन् । सैफ र करिनाले सन् २०१२ मा विवाह गरेका थिए र यी दुईको विवाह निकै चर्चामा रह्यो । यतिमात्रै होइन, जब करिनाले छोरा तैमुरलाई जन्म दिइन् तब तैमुर पनि अत्यधिक चर्चामा आएका थिए । करिना र सेफले थुप्रै चलचित्रमा सँगै काम गरेका छन् । फिल्म टशनमा यो जोडी नजिकिएको थियो र धेरै समयसम्म डेट गरेपछि करिना र सैफले विवाह गर्ने निर्णय गरे । शाहरुख खानको एउटा पुरानो भिडियो भारतीय मिडियामा पुनः चर्चामा आएको छ जसमा करिनाले सैफ अली खानसँगको विवाहबारे कुरा गरिरहेको देख्न सकिन्छ ।
यो भिडियो करण जोहरको कार्यक्रम कफी विद करणको हो जसमा करिना प्रियंका चोपडासँग पाहुना बनेर पुगेकी थिइन् । जब करण जोहरले उनको र सैफ अली खानको विवाहबारे प्रश्न सोधे तब नायिकाले आफूलाई धेरैले सैफसँग विवाह नगर्न सुझाव दिएको बताइन् । कतिले त उनीसँग विवाह गरेपछि निम्तिने सम्भावित परिस्थितीका लागि पनि चेतावनी दिएको उनले बताइन् ।
नायिकाले भनिन्, ‘जब मैले सैफसँग विवाह गर्ने निर्णय गरेँ तब धेरैले मलाई यस्तो नगर्न भने । उनीहरुले सैफ पहिले नै विवाहित भएको र उनका दुई सन्तान भएको पनि मलाई बताए । ‘उनको सम्बन्धविच्छेद भएको छ, के तिमी साँच्चै नै यस्तो गर्न चाहन्छौ ?’ धेरैले उनलाई भने । कतिले त सैफसँग मैले विवाह गर्दा मेरो करियर नै ध्वस्त हुने पनि बताए । मानिसहरुको कुरा सुनेर मलाई यस्तो लागेको थियो कि प्रेम गर्नु कुनै अपराध हो, कसैसँग विवाह गर्नु पनि अपराध हो । त्यसपछि मैले सोचेँ कि ट्राई गरौं, हेरौं के हुन्छ ।’
स्मरण रहोस्, सन् २००४ मा सैफले आफ्नी जेठी श्रीमती अमृतासँग सम्बन्धविच्छेद गरेका थिए । अमृता र सैफका दुई सन्तान सारा र इब्राहिम छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?