शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिकटक होइन, देश बनाउने युवा !

शुक्रबार, ३० जेठ २०७७, १२ : ४७
शुक्रबार, ३० जेठ २०७७

काठमाडौँ । कोरोनाभाइरस नियन्त्रणमा सरकार उदासिन भएको भन्दै यतिबेला देशभर प्रदर्शन भइरहेको छ । सरकारप्रति जनमानसमा आक्रोश बढ्दो छ । केही दिनदेखि जारी प्रदर्शनको क्रम शुक्रबार पनि जारी रह्यो ।

यही क्रममा कीर्तिपुरमा पनि सरकारको उदासिन कदमको विरोध गरिएको छ । शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा विशेष गरेर युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासन दमनमा उत्रिएको छ । गृहमन्त्रालयले प्रदर्शनमा उत्रिनेलाई कारवाही नै गर्ने चेतावनी दिँदा समेत शुक्रबार पनि शान्तिपूर्ण प्रदर्शनहरु देशभर भइरहेका छन् । आजको प्रदर्शनमा भने कुनै अप्रिय घटना भएन । हेरौँ केही तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप