शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनका बीच बुटवलमा सरकारविरुद्ध युवाहरु सडकमा, २५ तस्बिरमा हेर्नुहोस्

शुक्रबार, ३० जेठ २०७७, १२ : ३६
शुक्रबार, ३० जेठ २०७७

लकडाउनका बीच प्रदेश नम्बर ५ को रुपन्देहीस्थित बुटवलमा युवाहरुले शुक्रबार सरकारविरोधी प्रदर्शन गरेका छन् । 

मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुले सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरेका हुन् । 

केहीदिन यता सामाजिक सञ्जालमार्फत आह्वान भइ स्वतस्फूर्तरुपमा भेला भएर युवाहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । सोही अनुसार शुक्रबार बुटवलमा पनि प्रदर्शन भएको हो । 

प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको१० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् । 

लकडाउनकै क्रममा भएको यस्तो प्रदर्शनले कोरोनाको जोखिम बढ्नसक्ने भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्दै आएका छन् । यद्यपी यो प्रदर्शनका कारण एक खालकाे तरं‌ग भने पैदा भएकाे छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप