बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा तस्करीका मालसामान बरामद

शुक्रबार, ३० जेठ २०७७, १० : २१
शुक्रबार, ३० जेठ २०७७

परासी । सशस्त्र प्रहरीले विभिन्न नाकाबाट तस्करीका मालसामान बरामद गरेको छ। नवलपरासीका स्थानीय तस्करहरुले भन्सार छली भारतबाट अवैध रुपमा नेपाल भित्राइरहेको ३ लाख २५ हजार मुल्य बराबरको सर–सामान सशस्त्र प्रहरीले बरामद गरि आवश्यक कर्वाहीकालागी महेसपुर भन्सार पठाएको छ।

सीमामा निगरानी गर्न खटिएका सशस्त्र प्रहरीले जिल्लाको प्रतापपुर गाउँपालिका ५ धर्मौली नाकाबाट अबैध रुपमा ओसारी रहेको १ लाख ५०  हजार मुल्य बराबरको कपडा र

सुस्ता गाउँपालिका ५ बन्कट्टीबाट १ लाख ७५ हजार मुल्री बराबरको मल, औषधि र सरसमान बरमद गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीले जानकारी दिएका छन्।

स्थानीय तस्करहरुले लकडाउनको मौका छोपी तस्करीमा बढी केन्द्रित हुँदै गएपछि सशस्त्र प्रहरीले सक्रिया देखाउदै उक्त मालसामानहरु छोप्दै आएको छ ।

नियन्त्रणमा लिएको  उक्त सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्लाका सबै सिमानाकाहरुमा सीमा सुरक्षा र कोरोना रोकथाम तथा नियन्त्रणका लागी ब्यापक सुरक्षाकर्मी परिचालन गरी मानिसहरुलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप