अमेरिकामा कामबाट निकालिएका १५ लाखद्वारा बेरोजगारी भत्ताको दावी
एजेन्सी । अमेरिकामा कामबाट निकालिएर वेरोजगारी भत्ताको दावी गर्नेहरुको सङ्ख्या १५ लाख पुगेको छ । अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको सङ्ख्या अनेपेक्षित भएको अधिकारीहरुले बताएका छन् ।
अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन् । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो ।
अमेरिकामा अहिले धेरै क्षेत्रमा व्यापारिक गतिविधिहरु आंशिक रुपमा भएपनि सञ्चालन हुँदै आएका छन् । श्रम विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कामबाट निस्काशित हुनेहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ ।
विषेश गरेर रेस्टुरेन्ट, खुद्रा व्यापारहरु र साना व्यवसायमा कार्यरतहरु जागिरबाट निस्काशित भएको पाइएको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई रोजगारदाताले फेरि बोलाउने अपेक्षा गरिएपनि निश्चित भने नभएको बताइएको छ ।
अमेरिकामा रोजगारी गुमाउनेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि बेरोजगारी भत्ता दिनु पर्ने बाध्यताले सरकार थप अफ्ठ्यारोमा परेको छ । व्यापार व्यवसाय घट्ने, बेरोजगारी बढ्ने र ठूलो रकम बेरोजगारी भत्ताको रुपमा वितरण गर्नु पर्ने बाध्यताले मुलुककै आर्थिक क्षमतामा असर पर्नसक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा