मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

बिहीबार, २९ जेठ २०७७, १७ : ५१
बिहीबार, २९ जेठ २०७७

बुटवल । रुपन्देहीमा आज भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार एक जनाको ट्याक्टर पल्टिँदा मृत्यु भएको छ भने अर्को १ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । रुपन्देही मायादेवी गाउँपालिका–६ खजुरियास्थित खेतमा स्थानीय (वर्ष ४० का) रामदेव यादवको लु ४ त ४६७६ नं.को ट्याक्टरले खेत जोत्ने क्रममा अनियन्त्रित भएर पल्टिएर मृत्यु भएको हो । उनी छिमेकी सुरेश लोधको खेत जोत्न गएका थिए । त्यस्तै जिल्लाको कोटहीमाई गापा–४ जिगनिहवा स्थित माछा पोखरीमा डुवेर एक बालकको मृत्यु भएको छ ।

मायादेवी गाउँपालिका–१ अहिरौली घर भै सोही गाउँपालिका–४ जिगनिहवास्थित मामा घरमा बस्ने वर्ष ७ का राहुल चाईको पौडी खेल्ने क्रममा नजिकै रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप