बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘पैसो’ सार्वजनिक

बिहीबार, २९ जेठ २०७७, १४ : १७
बिहीबार, २९ जेठ २०७७

काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनमा चलचित्र क्षेत्रका ब्यक्तिमा परेको असरको बिषयमा छोटो फिल्म ‘पैसो’ निर्माण भएको छ । अर्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता राज न्यौपाने र अर्जुन तिवारी हुन् । युट्युवमार्फत सार्वजनिक फिल्ममा अर्जुन सुवेदी, सन्जोग पौडेल, राकेश विक, सञ्जय पोखरेल, रामु घिमिरे, कुष्णबहादुर गिरी लगायतको अभिनय समेटिएको छ ।

फिल्मको लेखक तथा निर्देशक राज न्यौपाने हुन् । लकडाउनका कारण प्रभावित राजधानीका तीन फिल्मकर्मीको कथा फिल्मले देखाउन खोजेका निर्देशक न्यौपानले बताए । विनय कार्कीको संगीत र अर्जुन तिवारीको छायाँकन तथा  सम्पादन फिल्ममा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप