कालापानी–लिपुलेक विवादबारे भारतीय राष्ट्रिय कांग्रेसको प्रतिक्रिया
काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसले कालापानी–लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालबीच उत्पन्न पछिल्लो परिस्थितिको अन्त्यका लागि कूटनीति र संवादलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । अखिल भारतीय कङ्ग्रेस समितिको अन्तरराष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभाका नेता आनन्द शर्माले बुधबार राति जारी गर्नुभएको वक्तव्यमा कूटनीति र संवादको माध्यमबाटै वर्तमान समस्याको समाधान खोजिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
ऐतिहासिक एवं समयले परख गरेको पारस्परिक सम्मान, मैत्री र विश्वासमा आधारित भारत–नेपाल सम्बन्ध दुई देशका जनताबीचको सुदृढ, सांस्कृतिक सम्बन्ध र रीतिरिवाजले अद्वितीय र विशेष तुल्याएको बताउँदै वक्तव्यमा प्राकृतिक छिमेकी एवं मित्र भारत र नेपालबीचको लामो समयदेखिको अमूल्य सद्भावलाई सुदृढ र सुरक्षित बनाउन सुझाइएको छ ।
भारत र नेपालबीच वार्ताका माध्यमबाट द्वन्द्व र मतभिन्नतालाई निरुपण गर्ने स्थापित द्विपक्षीय संयन्त्र हुँदाहुँदै उत्पन्न वर्तमान गतिरोधले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा क्षति पुगेको जनाउँदै भारतीय कांग्रेसले त्यसलाई अविलम्ब सम्बोधन गर्न माग गरेको छ । एकार्काका संवेदनशीलतालाई बुझेर दुवै देशले रणनीतिक साझेदारीको प्रवद्र्धनका निम्ति अति धेरै लगानी गरेको जनाउँदै वक्तव्यमा वार्ताबाटै निकास खोज्न सुझाव दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने