स्मार्ट स्कुलको अवधारणामा डिजी स्कुलले बनायो स्कुल म्यानेजमेन्ट सफ्टवेयर, तत्काललाई निःशुल्क
काठमाडौं– डिजी स्कुल ग्लोबलले विद्यालयका सम्पूर्ण गतिविधिलाई अनलाइनका माध्यमबाट ब्यवस्थित गरी स्मार्ट स्कुलको अवधारणामा ’स्कुल म्यानेजमेन्ट सफ्टवेयर’ तयार गरेको छ ।
बेलायतको एनसीसी एजुकेशनले स्कुले विद्यार्थीका लागी तयार गरेको कम्प्युटर पाठ्यक्रम ’डिजी स्कुल’लाई नेपालमा प्रवर्धन गर्दै आएको डिजी स्कुल ग्लोबलले ’विद्यालय सपोर्ट कार्यक्रम’ अन्तर्गत सफ्टवेयर तयार गरेको बताइएको छ ।
डिजी स्कुलको कम्प्युटर कोर्स लागू भएका विद्यालयलाई पाँच बर्षका लागि र अन्य सबै विद्यालयलाई एक बर्षका लागि सफ्टवेयर निःशुल्क दिइने डिजी स्कुल ग्लोबलका प्रवर्धक सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
सफ्टवेयर लागू गर्न चाहने स्कुलले ९८०१२२४२७७ मा वा [email protected] सम्पर्क गर्न सक्ने सफ्टवेयर सम्योजक मनिषा खड्काले बताइन् ।
के छ त स्कुल म्यानेजमेन्ट सफ्टवेयरमा ?
विद्यार्थी तथा शिक्षकको डाटाबेस, हाजिरी र बिदा, शुल्क सङ्कलन, रिसेप्सन अभिलेख, आम्दानी तथा खर्च सबैको ब्यवस्थापन स्फ्ट्वेरमार्फत हुनेछ ।
अनलाइन परिक्षा प्रणाली समेत हुने सफ्टवेयरमा भौतिक रुपमा लिइएको परिक्षाको अभिलेख समेत राख्न मिल्नेछ । गृहकार्य दिने र लिने साथै विद्यार्थी र शिक्षकलाई आवस्यक विभिन्न पाठ्य सामग्री डाउनलोड गर्ने सुबिधा समेत सफ्टवेयरमा उपलब्ध छ ।
शिक्षकहरुको आन्तरिक संचार देखि अभिभावक सँगको अनलाइन संचार, लाइब्रेरीको अभिलेख, जिन्सी खाता तथा मानव संसाधनको अभिलेख सफ्टवेयरको माध्यमबाट हुनेछ । स्कुल बस र होस्टेलको सम्पूर्ण गतिविधिको अभिलेख सफ्टवेयरबाट गर्न सकिन्छ ।
विद्यार्थीको प्रगति बिवरण र प्रमाणपत्र तथा लब्धाङ्क पत्र हेर्न र प्रिन्ट गर्न मिल्ने ब्यवस्थासँगै शैक्षिक क्यालेन्डरको अपडेट सुबिधा समेत सफ्टवेयरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की