शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्मार्ट स्कुलको अवधारणामा डिजी स्कुलले बनायो स्कुल म्यानेजमेन्ट सफ्टवेयर, तत्काललाई निःशुल्क

बिहीबार, २९ जेठ २०७७, १२ : ४२
बिहीबार, २९ जेठ २०७७

काठमाडौं– डिजी स्कुल ग्लोबलले विद्यालयका सम्पूर्ण गतिविधिलाई अनलाइनका माध्यमबाट  ब्यवस्थित गरी स्मार्ट स्कुलको अवधारणामा ’स्कुल म्यानेजमेन्ट सफ्टवेयर’ तयार गरेको छ । 

बेलायतको एनसीसी एजुकेशनले स्कुले विद्यार्थीका लागी तयार गरेको कम्प्युटर पाठ्यक्रम ’डिजी स्कुल’लाई नेपालमा प्रवर्धन गर्दै आएको डिजी स्कुल ग्लोबलले ’विद्यालय सपोर्ट कार्यक्रम’ अन्तर्गत सफ्टवेयर तयार गरेको बताइएको छ ।

डिजी स्कुलको कम्प्युटर कोर्स लागू भएका विद्यालयलाई पाँच बर्षका लागि र अन्य सबै विद्यालयलाई एक बर्षका लागि सफ्टवेयर निःशुल्क दिइने डिजी स्कुल ग्लोबलका प्रवर्धक सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

सफ्टवेयर लागू गर्न चाहने स्कुलले ९८०१२२४२७७  मा वा  [email protected] सम्पर्क गर्न सक्ने सफ्टवेयर सम्योजक मनिषा खड्काले  बताइन् ।

के छ त स्कुल म्यानेजमेन्ट सफ्टवेयरमा ?
विद्यार्थी तथा शिक्षकको डाटाबेस, हाजिरी र बिदा, शुल्क सङ्कलन, रिसेप्सन अभिलेख, आम्दानी तथा खर्च सबैको ब्यवस्थापन स्फ्ट्वेरमार्फत हुनेछ ।

अनलाइन परिक्षा प्रणाली समेत हुने सफ्टवेयरमा भौतिक रुपमा लिइएको परिक्षाको अभिलेख समेत राख्न मिल्नेछ । गृहकार्य दिने र लिने साथै विद्यार्थी र शिक्षकलाई आवस्यक विभिन्न पाठ्य सामग्री डाउनलोड गर्ने सुबिधा समेत सफ्टवेयरमा उपलब्ध छ ।

शिक्षकहरुको आन्तरिक संचार देखि अभिभावक सँगको अनलाइन संचार, लाइब्रेरीको अभिलेख, जिन्सी खाता तथा मानव संसाधनको अभिलेख सफ्टवेयरको माध्यमबाट हुनेछ । स्कुल बस र होस्टेलको सम्पूर्ण गतिविधिको अभिलेख सफ्टवेयरबाट गर्न सकिन्छ ।

विद्यार्थीको प्रगति बिवरण र प्रमाणपत्र तथा लब्धाङ्क पत्र हेर्न र प्रिन्ट गर्न मिल्ने ब्यवस्थासँगै शैक्षिक क्यालेन्डरको अपडेट सुबिधा समेत सफ्टवेयरमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप