मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको निर्णयसँगै खुल्न थाले पसल, सडकमा पनि बढ्यो चहलपहल (तस्विरमा हेर्नुहोस्)

बिहीबार, २९ जेठ २०७७, ११ : ५३
बिहीबार, २९ जेठ २०७७

सरकारले चरणबद्धरुपमा लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै राजधानीको सडकमा चहलपहल बढेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पसलहरु सञ्चालन गर्न दिने तथा जोरबिजोरको आधारमा सवारीसाधन चल्न दिने निर्णय गरेसँगै चहलपहल बढेको छ ।

कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्न गत चैत ११ गते लागू गरिएको लकडाउनका कारण मारमा परेका व्यापारीहरु सरकारको निर्णयबाट निकै खुसी देखिन्थे । आयआर्जनको स्रोत नै ठप्प भएको बेला पसल खोल्न पाउँदा उनीहरुको हर्षित थिए । धेरै स्थानहरुमा सामाजिक दुरीको उपायहरु कायम गरेको पनि देख्न सकिन्थ्यो ।

यता सडकमा पनि सवारीहरु उल्लेख्य रुपमा निस्किएका छन् । जसले गर्दा केही स्थानमा जाम नै परेको देख्न सकिन्थ्यो ।

तस्विरहरु : कृष्ण खड्का र सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप