बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्र्याक्टरले च्याप्दा एक जनाको मृत्यु

बिहीबार, २९ जेठ २०७७, १० : ११
बिहीबार, २९ जेठ २०७७

तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बुधबार राति ट्र्याक्टरले च्याप्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

बालुवा, ढुङ्गा लोड गर्ने क्रममा अनटेष्ट ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरले च्याप्दा सोही ट्र्याक्टरमा काम गर्ने गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

यसैगरी बुधबार राति नै पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीमा बा१९च ४८०४ नंको स्कोरपियोको ठक्करबाट आठ वर्षीय बालक घाइते भएका छन् ।

घाइते हुनेमा आठ वर्षीय रोशन सुनार रहेका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप