शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको महामारी सम्हाल्न जर्मनीको रणनीतिबाट सिक्नुपर्ने पाठ

बिहीबार, २९ जेठ २०७७, ०७ : ५३
बिहीबार, २९ जेठ २०७७

बेलायतमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ९० हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या ४१ हजार पार भएको छ ।

कोरोनाभाइरसको महामारीबारे सरकारको तर्फबाट हुने दैनिक पत्रकार सम्मेलनमा प्रधानमन्त्री बोरिस जोनसनसमेत सरकारका प्रमुख स्वास्थ्य सल्लाहकार क्रिस विटी र प्रमुख वैज्ञानिक सल्लाहकार सर पेट्रिक पनि उपस्थित थिए ।

पत्रकार सम्मेलनमा बोरिसले सरकारले लकडाउन खुकुलो बनाउनका लागि पाँच प्रकारको परीक्षण गरेको र त्यसमा बेलायत पास भएको जानकारी दिए ।

शनिबारदेखि बेलायतमा एक्लै बस्ने मानिसहरु अन्य व्यक्तिसँगको सम्पर्कमा आउन सक्नेछन् । बेलायतका चिडियाघर पनि केही शर्तसहित खोल्ने अनुमती दिइनेछ ।

दुई मिटरको सामाजिक दुरीबारे कुरा गर्दै प्रधानमन्त्रीले यसलाई खुकुलो बनाउनुअघि संक्रमण सन्तुलित हुन आवश्यक भएको बताए ।

क्रिस विटीले सुरुवाती समयदेखि नै पाठ सिक्न अत्यावश्यक भएको बताउँदै सुरुवाती समयमा नै परीक्षण तीब्र रुपमा हुन सक्थ्यो भन्ने धारणा व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा जब एक पत्रकारले विटीलाई ‘महामारीलाई सम्हाल्दै गर्दा तपाईंको सबैभन्दा ठूलो पश्चाताप के हो ?’ भन्ने प्रश्न सोधे ।

यसमा जवाफमा उनले भने, ‘समय हुँदा नै परीक्षणको दायरा फराकिलो पार्न सकिन्थ्यो जतिबेला कोरोनाभाइरसको महामारी सुरु भएको थियो । उनले यसका लागि जर्मनीमा अपनाइएको रणनीतिको उदाहरण दिए ।

चार अप्रिलसम्म जर्मनीमा कोरोना भाइरस परीक्षणका लागि १ सय ३२ वटा प्रयोगशाला प्रयोग भइरहेको थियो र त्यहाँ दैनिक १६ हजार बढी परीक्षण भइरहेको थियो ।

त्यतिबेलासम्म जर्मनीमा १३ लाख भन्दा बढीको परीक्षण भइसकेको थियो ।

१० अप्रिलसम्म बेललायतमा ३ लाख १६ हजार ८ सय ३६ को परीक्षण भएको थियो र त्यो महिनाको अन्त्यसम्म बेलायतले हरेक दिन एक लाख परीक्षणको आफ्नो लक्ष्य पूरा गर्न सकेको थिएन ।

स्रोतः बीबीसी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप