एनआरएनए माल्टा प्रकरण : छानबिन समितिद्वारा केन्द्रीय समिति समक्ष प्रतिवेदन पेश
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका पदाधिकारीमाथि लागेको आरोपको छानबिनको अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रलाई दिइएको ।
उक्त आरोपको बारेमा सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेश गर्न गत मे ९ मा गठित पाँच सदस्यीय समितिले आफ्नो २० पृष्ठ लामो प्रतिवेदन मंगलवार संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्मा समक्ष पेश गरेको छ ।
उक्त छानबिन समितिमा युरोप संयोजक नारायण आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिम्खडा रहेका थिए ।
गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यका अनुसार छानविन समितिको १ घण्टा लामो बैठकले सर्वसम्मतबाट सो प्रतिवेदन पास गरेको थियो । सो प्रतिवेदनमा पदाधिकारीहरुसँग लिइएको भिडियो अन्तर्वार्ता समेत संलग्न गरिएको छ ।
प्रतिवेदनको बारेमा छानबिन समितिका सदस्य एवं युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले भने, हाम्रो काम को दोषी को निर्दोष भन्ने पत्ता लाउने भन्दा पनि सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेश गर्नु हो, हामी पाँच जनाको टिमको संयुक्त प्रयासमा निकै ठूलो मिहिनेतका साथ प्रतिवेदन पेश गरेका छौं, यसको अध्ययन गरी केन्द्रले अन्तिम निर्णय गर्नेमा विश्वस्त छौं।'
माल्टामा श्रमिकहरु ल्याउन त्यहाँस्थित एनआरएनएका पदाधिकारीहरुले नै बिचौलियाको भूमिका निर्वाह गरेको भन्ने आरोप लागेपछि एनआरएनए केन्द्रद्वारा पाँच सदस्यीय विशेष समिति गठन गरिएको थियो ।
उनीहरुले श्रमिकहरुलाई ल्याएको स्वीकार गरेपनि व्यावसायिक रुपमा नल्याई आफन्तहरुलाई ल्याएको बताउँदै आएका छन् ।
छानबिन समितिलाई काम काम गर्न सहज होस् भन्ने उद्देश्यले नैतिकताको आधारमा १९ सदस्यीय कार्यसमितिले संयुक्त रुपमा राजीनामा समेत दिइसकेका छन् । यद्धपि उनीहरुको राजीनामा स्वीकृति भएको आधिकारिक पुष्टि भने आएको छैन । सम्पूर्ण कार्यसमितिद्वारा नै राजीनामा गरिएको गैर आवासीय नेपाली संघको इतिहासमै सम्भवत: यो नै पहिलो घटना हुन सक्छ ।
छानबिन समितिमा सदस्य तथा आइसीसी सदस्य सिम्खडाले यो प्रकरणमा सिंगो कार्यसमितलाई नै मुछिएको अवस्थामा छानविनका क्रममा केही पदाधिकारी निश्कलंकित र स्वच्छ छबि भएको पनि पाइएकाे बताउँदै सबैलाई एउटै नजरले नहेर्न र त्यसरी प्रचार नगरिदन समेत अनुरोध गरे ।
विस्तृत कुरा केन्द्रको निर्णयपछि मात्र सार्वजनिक गरिने हुँदा प्रतिवेदनले औँल्याएको र सिफारिस गरेको कुरा ब्यक्त गर्न ईन्कार गर्दै यो रिपोर्टले एनआरएनको वर्तमान नेतृत्वले अंगीकार गरेको यस्ता संगीन आरोपमा शून्य शहनशीलताको अवधारणाको कार्यान्वयनको प्रस्थान बिन्दु भएको पनि सिम्खडाले बताए ।
उनीहरुको राजीनामा र छानविन समितिको प्रतिवेदनको बारेमा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारिणी सचिवालय (आईईएस) को आगामी हाप्ता बस्ने बैठकले निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य अध्ययन गर्न समिति गठन
-
जनमतका नेताहरू जसपामा प्रवेश
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : फाफ डु प्लेसिसलाई दिल्ली र रोभमन पोवेललाई कोलकाताले किने
-
एमाले जग्गा विवाद : आज पनि हेर्न नभ्याइनेमा
-
काठमाडौँ–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !