अमेरिकी विज्ञले भने- ‘कोरोना रोकिने छाँटै छैन’
एजेन्सी । अमेरिकाका संक्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरसविरुद्धको लडाइँ अहिल्यै समाप्त नहुने चेतावनी दिएका छन् । बिस्तारै अमेरिकामा कडाई खुकुलो हुँदै गएको र प्रहरी दमनका कारण फ्लोइड नामका अश्वेत व्यक्ति मारिएपछि देशभर आन्दोलन चर्किरहेका बेला नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजेज (एनआईएआइडी) का निर्देशक फाउचीले यस्तो चेतावनी दिएका हुन् । ‘चार महिने अवधिमा यसले पूरा विश्वमा विध्वंश मच्चाएको छ,’ बायोटेक्नोलोजी इनोभेसन अर्गनाइजेशनले सार्वजनिक गरेको भर्चअुल कन्फ्रेन्सका दौरान फाउचीले भने– ‘यो अझै समाप्त भएको छैन ।’
कोरोना भाइरसको फैलावट र यसले शरीरमा निम्त्याउने प्रभावबारे विश्व अझै अनिश्चित रहेको उनले बताए । फाउचीले एचआईभीभन्दा कोभिड–१९ कठिन रहेको बताए । एचआईभीबारे उनले आफ्नो करियरभर अध्ययन गरेका छन् । ‘यो कहिले अन्त्य हुन्छ ? यसबारे वास्तविकता बुझ्न हामी अझै सुरुवाती चरणमै छौं,’ फाउचीले भने ।
फाउचीले कोभिड–१९ को संक्रमण फैलनबाट रोक्नका लागि भ्याक्सिन एकमात्रै उपाय हुने बताए । ‘भ्याक्सिन निर्माणमा एकभन्दा धेरै कम्पनी विजेता हुने अपेक्षा गर्छु किनकि सम्पूर्ण विश्वका लागि हामीलाई धेरै भ्याक्सिन चाहिएको छ, अर्बौ डोज,’ उनले भने ।
अमेरिकाले जनस्वास्थ संकट सामना गरिरहेका बेला कमजोर समुदाय, विशेषगरी अफ्रिकी–अमेरिकीहरुमा स्रोतको पहुँच पु¥याउन ध्यान केन्द्रीत हुनुपर्ने उनले बताए । सामाजिक आर्थिक कारण र रोजगारीसहितका विभिन्न पक्षबाट पिछडिएको यस समुदायमा भाइरसले दोहारो असर गरिरहेको उनले बताए । अमेरिकामा कूल संक्रमितको संख्या २० लाख ४७ हजार १ सय ४७ पुगिसकेको छ । १ लाख १४ हजार २ सय २३ जनाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतमा रविले सम्झाए आफ्नो नागरिकता प्रकरण : भने– यो मुद्दा पनि खारेज हुनुपर्छ
-
भूकम्प दैवीप्रकोप होइन, प्राकृतिक प्रक्रिया हो : प्रधानमन्त्री
-
रविमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने
-
सरकारी जागिर पाउनासाथ पत्नीले राखिन् यस्तो शर्त, पतिले दिए प्रहरीमा उजुरी
-
१.८३ अंकले बढ्यो नेप्से
-
बौधीमाईका मेयरविरद्ध नाराबाजी र प्रदर्शन