बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधिको गलत अडानको कारण मेवागाँउ डुबानको खतरा

बुधबार, २८ जेठ २०७७, १८ : २९
बुधबार, २८ जेठ २०७७

रौतहट । केही निर्वाचित जनप्रतिनिधिको गलत अडानका काराण रौतहट– बारा जोडने एउटा मुख्य बाटो अवरुद्ध हुनुका साथै एउटा गाँउनै ढुुबानमा पर्ने जोखिम बढ्दै गएको छ । बाराको सिमानासँग जोडिएको रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा ३ मेवागाँउ डुबानमा पर्ने जोखिम बढ्दै गएको छ ।

मात्र ५० मिटर पश्चिम रहेको तराई– काठमाडौं द्रुतमार्गसँगै जोडिएको गाँउको मुख्य सडकमा अहिले कल्भर्ट निर्माण हुन नसके वर्षायाममा गाँउनै डुुबानमा पर्ने जोखिम बढदै गएको हो । मेवागाँउ भन्दा पश्चिम तथा दुु्रतमार्ग र गाँउका बीचमा रहेको अँडुवा खोलामा वर्षायाममा आउने बाढीको पानीले गाँउ नै डुबानमा पर्ने जोखिम बढेको वडा अध्यक्ष दिपनारायण साहले बताए ।


त्यतीमात्र नभई गाँउबाट गौर, बिरगञ्ज, कलैयालगायतका स्थानमा जाने मुख्य बाटो नै द्रुुतमार्ग भए पनि नदीको बाढीले वर्षायाममा मात्र ५० मिटर परसम्म पुुग्न नसकिने अध्यक्ष साहले जानकारी गराए ।
वर्षौदेखिको विद्यमान समस्या समाधानका लागि सो क्षेत्रका संघीय सांसद प्रभु साहले पटक पटक प्रयास गरी भौतिक पुुर्वाधार मन्त्रालयको कुल ३३ लाखको लागतमा कल्भर्ट निर्माणको लागि टेण्डर भएर निर्माण प्रक्रियासमेत सुुरु भएको थियो ।

कल्भर्ट निर्माणको लागि गत फागुुनमा जग खन्ने काम सुुरुगर्दा केही निर्वाचित जनप्रतिनिधिले बारा – रौतहटको सिमा विवाद झिकेर काम अवरुद्ध बनाएको स्थानीय समाजसेवी पुुरुषोतम मिश्राले जानकारी दिए । सो लगतै देशमा कोरोना महामारी नियन्त्रण गर्न सरकारले पहिलो पटक गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण कल्भर्ट निर्माणको काम सुरु हुन सकेको छैन ।

सिमा विवादको बहानामा कल्भर्ट निर्माण रोकिनु दुर्भाग्यपुर्ण हुने समाजसेवी मिश्राको भनाइ छ । एकातर्फ लाखौंको बजेट फ्रिज हुने अर्काेतर्फ मेवागाँउको मुख्य निकासनै बन्दहुने उनले गुुनासो छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका ईन्जिनियर मदनमोहन सिंहले कल्भर्ट निर्माणको ठेक्का कन्काई निर्माण सेवा लाई टेण्डर परेको र सुरुमा सिमा विवाद र लकडाउनको कारण हालसम्म निर्माण सुरु हुन नसकेको हो ।


यसै बीच हजारौं मानिसको समस्या समाधानका लागि रौतहटका सिडिओ बाशुदेव घिमिरे र बाराका सिडिओ रुद्रप्रसाद पण्डितले समन्वय गरेर भोलि मेवा गाँउमा स्थलगत गएर पहल गर्ने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा साहले जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप